तनहुँको घिरिङमा ७० रोपनीमा अंगुर खेती, यस वर्ष १० हजार किलो अंगूर उत्पादन

दमौली न्युज
  • ख-
  • ख+


संजय श्रेष्ठ
ऋषिङ्ग ।
तनहूँको घीरिङ गाउँपालिका वडा नं -४ बारबिसेमा करिब ७०  रोपनी क्षेत्रफलमा अंगुर खेती गरिएको  छ । वाइन उत्पादन तथा  टेबुल फलका लागि गरिएको सो खेतीबाट पहिलो वर्ष करिब १० हजार किलो अंगुर उत्पादन भएको छ ।  घिरिङ्ग भाइन यार्ड एण्ड रिसर्च सेन्टर नामले घिरिंङ गाउँपालिकामा दर्ता भएको  सो फर्ममा  बिरुवा स्वीजरल्याण्डबाट आयात गरेर  पहिलो  वर्ष करिब ९५००  बिरुवा रोपिएको थियो ।  काठमाडौंका  कुमार कार्कीले संचालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अंगुरहरु सुरुको वर्ष परिक्षणका लागि लगाएका हुन् ।

हाल सम्म कार्कीका अनुसार  यस फर्ममा करिब ४० करोड लगानी भै सकेको बताए ।  पातले बन् भाइन्यार्ड वाइनरी नामक वाईन् बजारमा ल्याएको समेत कार्कीले बताए । कम्पनीको  बार्षिक ३ लाख लिटर  वाइन उत्पादन क्षमता रहेको छ ।

प्रति ७५० एम. एल को  वाइन तर्फ विभिन्न तीन भेराइतिलाई प्रति बोतल १२०० रुपैयाँमा  बजारमा ल्याएका छौं उनले भने । धादिङ जुङ्गे खोला केवलपुर १० थाक्रे गाउँपालिकामा समेत विगत १५ वर्ष  देखि करिब १५० रोपनीमा खेती  गर्दै आएको र   वाइनका लागि अंगूर प्रशोधन लगाएत उत्पादन उद्योग समेत सोही  स्थानमा रहेको छ उनले बताए । घिरिङमा २ वर्ष अगाडि सुरु गरिएको खेतीमा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अंगुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की , दुचबा, चालिचमान , लगाएतका भेराइतीहरु रोपिएको र उत्पादन सुरु भएको

बताए ।

विशेष गरी वाइन तथा टेबुल फ्रुटका लागि खेती गरिएको
रोपेको १ वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३-४ केजी उत्पादन चैत बैशाख मा फूल फुले सँगै  ३ महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान नानी तामाङ्गले जानकारी दिईन् ।

फाल्गुन देखि फूल खेल्ने र असारको पहिलो साता सम्म फल टिपिने कार्कीले जानकारी दिए ।  स्वीजरल्याण्डबाट खरिद गरिएको  प्रति बिरुवा नेपाली  ७ सय देखि १ हजार सम्म पर्ने गरेको  उनीले बताईन् ।  फर्मले दैनिक ज्याला दारीमा मासिक १२-१५ जनालाई प्रतक्ष्य रूपमा  रोजगारी समेत दिएको छ ।
मासिक घास कटाई, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा खटिएका स्थानीयहरुलाई राम्रो आम्दानीको स्रोत समेत बनेको उनीहरू बताउँछन्  ।

नेपालमा अंगूर खेती असफल हुन्छ भन्ने  विश्वास र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अंगूर खेतीतर्फ  सरकारले  ध्यान नदिएको कार्की बताउँछन्   । आफू पर्यटन क्षेत्रमा काम गरेको  भएतापनि  कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अंगूर खेती तर्फ आकर्षित भएको बताए । घिरिङ्गमा हाल प्रारम्भिक चरणमा ८-१०  भेराइटीको  उत्पादन राम्रो भएको छ उनले भने ।  धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा १२ ओटा फर्म मध्यमा पर्न् सफल भएको र सो बापत ५५ लाख बराबरको अनुदान रकम समेत  पाएका उनको यस वर्ष घिरिङ्ग रिसर्च सेन्टरबाट १० हजार किलो भन्दा धेरै उत्पादन लिने अनुमान गरेका छन् ।

यहाँ हामीले  पहिलो वर्ष पात खाने  लार्भाको  समस्या भोगेका थियौं । यस वर्ष भने त्यस खाले रोग र विभिन्न प्रकोपका लागि हामी पूर्व तयारी गर्दै अझ खेती बढाउने र दोब्बर उत्पादन गर्ने तर्फ आफूहरु लागिपरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी