युवाको ऋषिङ्ग चिनाउने अभियान, स्थानीय निकायको पनि जाओस् संरक्षणमा ध्यान ।

दमौली न्युज
  • ख-
  • ख+


संजय श्रेष्ठ
ऋषिङ्ग
तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं.७ राईथोकको कोटदरबार परिसरमा ऐतिहासिक तथा पुरातात्विक स्थलमा राखिएको काष्ठकला ऋषिङ्ग -८ नालथोकका शिव नारायण श्रेष्ठले तयार पारेका हुन् । २२सें २४ सें राजाको पालामा ऋषिङ्गका राजाले हतियार भण्डारणका लागि बनाएको (कोट) जहाँ अहिले प्रख्यात दुर्गा भवानी मन्दिर र पुराना हतियारहरू रहेको छ ।

कोटदरबार परिसरलाई चिनाउनका लागि जेठ २२ सोमबार श्रेष्ठ नेतृत्वको टोलीले राखेको हो । व्यक्तिगत खर्च र आफ्नो कलालाई कुँदेर तयार पारेका काष्ठकलाको बोर्ड ऋषिङ्ग -८ को गडीडाँडामा पनि राखेका थिए ।

ऋषिङ्ग -८, गडी डाँडामा श्रेष्ठद्धारा राखिएको काष्ठकला

उमेरले कलिका तर हस्तकालामा निपूर्ण शिव नारायणको कलाले ऋषिङ्ग क्षेत्रको ऐतिहासिक, पुरातात्विक र सांस्कृति क्षेत्रलाई थप सुन्दर र स्मरणीय बनाएको छ । ऋषिङ्ग गाउँपालिकाले यस किसिमका हस्तकला एवंम् काष्टकलालाई आगामी वर्षको विशेष कार्यक्रम मार्फत स्थान दिएको खण्डमा आफ्नो ऐतिहासिक, पुरातात्विक र सांस्कृति स्थलहरूको प्रचार प्रसार र प्रबर्द्धनमा टेवा पुग्ने थियो की ?

स्मरण रहोस् कुनै पनि क्षेत्रको इतिहास, सभ्यता र संस्कृतिको खोजीमा पुरातात्त्विको अध्ययनको विकल्प छैन । यसको संरक्षण र सम्बर्द्धन हामी सबैको दायित्व हो । यस विषयमा सम्बधित निकाय सबैको ध्यानाकर्षण गराउन चाहन्छु।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी