

ऋषिङ्ग: तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका वडा नं. ७ बाजगराका बर्ष ५३ का कृष्ण कुमार थापाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार दमौली बजारबाट आँखा सम्बन्धि उपचार गराई बेलुकी घर फर्कदै गरेका थापा रातको समयमा घरदेखी नजिकै रहेको चण्डि भयर सामुदायिक बनको गोरेटो बाटोदेखी अन्दाजी १०० मिटर तल पल्टिई भिरमा खसेका उनलाई झङ्कलेको रुखमा अड्किएको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । १६ गते साँझ भीरमा खसेका थापालाई १७ गते स्थानीयहरुले देखे लगतै ईलाका प्रहरी चौकी ऋषिङ्गमा रानीपोखरीमा उद्धारका लागि खबर गरेका थिए । प्रहरी चौकी ऋषिङ्गले जिल्ला प्रहरी कार्यालय तनहुँलाई जानकारी गराए लगतै प्र.नि. राजकुमार बि.क. समेतको अनुसन्धान टोली, गण्डकी प्रदेश प्रहरीगण पोखराबाट खटिएको बिपद् उद्दार समेतको संयुक्त टोली र स्थानिय मानिसहरुको सहयोगमा साढे तिन घण्टाको निरन्तर प्रयास पश्चात मृतक कृष्ण कुमार थापाको मृत लाशलाई सुरक्षित साथ भीरबाट निकालेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र पोस्ट मार्टमका लागि दमौली अस्पताल लगिएको प्र. नि. राजकुमार विकले जानकारी दिए ।
