म्याग्देमा घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

दमौली ।

म्याग्दे गाँउपालिका वडा नं ३ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे ३ का वडाध्यक्ष टुकराज अधिकारीको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकारको वार्षिक कार्यक्रम अन्तर्गत संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा जन्म, मृत्यृ, विवाह, वसाई सराई, सम्वन्ध विच्छेदको बारेमा प्रक्रिया र कानुनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । वडाका ९ वटा टोलको अध्यक्ष, आमा समुहका अध्यक्ष महिला स्वास्थ्य स्वयमं सेविका गरि कुल ३५ जना सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताको वारेमा जानकारी दिईएको थियो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले व्यक्तिगत घटना नागरिकको नैसर्गिक अधिकार भएको हुदाँ सरकारले नागरिकलाई पुर्ण रुपमा सेवा दिईने बताए । प्रक्रियाका सम्वन्धमा हुने कठिनाईलाई सहज गराउने उद्येश्यका साथ अभिमुखीकरण कार्यँक्रम गरिएको हुदाँ नागरिकको अधिकारमा राज्य र पालिका गम्भिर भएको

वताए । व्यक्तिगत घटना दर्ता सप्ताहले नागरिकको अधिकारको उजागर गरेको हुदाँ यो सप्ताहव्यापी कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने वताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना लगायतले धारणा राखेका थिए । त्यस्तै पञ्जिकरण शाखा प्रमुख एक कुमार श्रेष्ठ व्यक्तिगत घटना दर्ताको आवश्यकता महत्व फाइदाका विषयमा प्रष्ठ पारेका थिए । व्यक्तिगत घटना दर्ता सप्ताह वैशाख ७ गते सम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी