करेन्ट लागेर घिरिङमा एक शिक्षकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

घिरिङ ।
तनहुँको घिरिङ गाउँपालिका २ कोलडाँडामा करेन्ट लागेर एक शिक्षकको मृत्यू भएको छ । घीरिङ २ को पार्बती प्राथमिक विद्यालयमा केही समय अघि मात्र नियुक्ति भएका बझाङ जिल्ला तल्लोकोट गाउँपालिका- २ का जीवन बहादुर रोकायको मृत्यु भएको हो ।

मोटसाइकलमा सवार सोही विद्यालयका अर्का शिक्षक तिर्थ घिमिरे घाइते भएका र उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । आइतबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा यात्रा गर्ने क्रममा सडकमा लत्रिएको नाङ्गो तारमा छोएर सो घटना भएको उपरीक्षक खाँणले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी