एक जना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजारभन्दा धेरै खर्च : स्वास्थ्य मन्त्रालय

  • ख-
  • ख+

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक जना कोरोना संक्रमित भेट्याउन सकारकारले १ लाख भन्दा बढी खर्च गरेको बताएका छन् ।

मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस विफ्रिङ्गमा गौतमले एकजना संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार ६ सय रुपैंया खर्च लाग्ने बताए ।

नेपालमा आजका मितिसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ । सरकारले एकजनाको परिक्षण शुल्कबापत रु ५ हजार ५ सय लाग्ने बताएको छ । योअनुसार जम्मा परिक्षण शुल्क ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय पुगेको जसमध्ये ३० हजार ४ सय ८३ जना मात्र पोजेटिभ भेटिएको उनले बताए ।

परीक्षण गरिएका मध्ये ३० हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यस हिसाबबाट एक जना सङ्क्रमित पत्ता लगाउन सरकारको एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

तर मानिसहरुले नीजि प्रयोगशालामा पैसा तिरेर गरेको परिक्षणलाई पनि सरकारै खर्च भनेर गौतमले हिसाव पेस गरेका छन् ।

यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ । एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतम बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी