म्याग्दे गाउँपालिका स्तरिय दोस्रो मणि कप फुटबल प्रतियोगिता हुँदै

दमौली न्युज
  • ख-
  • ख+

विकास खनाल
म्याग्दे- तनहुँकाे म्याग्दे गाउँपालिका स्थित छिम्लिस्वाँरामा रहेको श्री मणि युवा क्लवको २२ औं वार्षिकोत्सवको अवसरमा फुटबल प्रतियोगिता हुने भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिता यहि चैत ७ गतेदेखि ११ गतेसम्म हुने क्लवका अध्यक्ष सनम रानाले बताए । फुटबल प्रतियोगिताबाट म्याग्दे क्षेत्रमा रहेका खेलाडीको क्षमता पहिचान गरी स्थानिय खेलाडीको मनोबल बढाउँदै फुटबल खेललाई म्याग्दे स्तरबाटै अगाडी बढाउने उद्धेश्य रहेको अध्यक्ष रानाले बताए । थोरै धन राशी पुरस्कार रहे पनि स्थानिय खेलाडीलाई आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउने र आपसी समझदारी तथा भाईचारको सम्वन्ध प्रगाढ र एकताको सन्देश दिन फुटबल प्रतियोगिता आयो जना गरिएको क्लवका सचिव संगम थापाले बताए ।

तत्कालिन छाङका मुखिया, नेपाली काँग्रेस नेता तथा प्रजातान्त्रिक योद्धा स्वर्गिय श्री मणिराज रानाको नाममा २०५७ सालमा स्थापना भएको क्लवले गतबर्ष पनि फुटबल प्रतियाेगिता आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ३५ हजार र २० हजार नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रानाले बताए । आदर्श तारा मनहरी खेलमैदानमा हुने प्रतियोगितामा टिम इन्ट्रि यहि ६ गतेसम्म राखिएको र दर्ता शुल्क ३ हजार राखिएको क्लवका सल्लाहकार गाैरबराज रानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी