उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै गाैरबलाई आदर्श क्लबकाे सम्मान

दमौली न्युज
  • ख-
  • ख+


तनहुँकाे म्याग्दे गाउँपालीका वडा नं ४ मा रहेको आदर्स नमुना क्लवले उत्कृष्ट नेतृत्व प्रदान गरेको भन्दै आफ्ना निवर्तमान अध्यक्ष गाैरब राज रानालाई सम्मान गरेको छ । सनिवार मनहरी स्थित खेलमैदानमा आयाेजित फुटबल प्रतियोगिताकाे समापन कार्यक्रमका अवसरमा क्लवले रानालाई सम्मान गरेको हाे । आदर्श नमुना क्लवका अध्यक्ष मलिन मल्लले रानालाई टीका , खादा र दाेसल्ला तथा प्रमाणपत्रले सम्मान गर्दै आफुले नेतृत्व गरेको दुई कार्यकालमा रानाले महत्त्वपूर्ण याेगदान गरेको स्मरण गरे । रानाको महत्त्वपूर्ण याेगदानले ढाब खेत मनहरी खेलमैदान बन्न सम्भब भएको मल्लले बताए ।

उक्त अवसरमा सम्मानित भएका गाैरब राज रानाले क्लवकाे सम्मानले थप जिम्मेवार महसुस भएको भन्दै अझै धेरै काम गर्न बाँकी रहेको धारणा ब्यक्त गरे । मेराे कार्यकालको कामको मुल्यांकन गरेर मलाई क्लवले सम्मानित गर्याे , यसको लागि म क्लव परिवारलाई धन्यवाद दिन्छु भन्दै रानाले याे सम्मान सबैको साथ र सहयोगले सम्भव भएको बताए । मेरो गलामा लागेको दाेसल्ला यश क्लबलाई माया गर्ने सबैको गलामा लागेको महसुस गरेको छु, खेलमैदान देखि फुटबलको बिकास र अन्य थुप्रै सामाजिक काम गर्न बाँकी नैं छ सम्मानित गाैरबले भने ।
क्लवका निबर्तमान अध्यक्ष गाैरबले अाफ्नाे लगातार दुई पटकको कार्यकालमा म्याग्दे गाउँपालिका भित्रका हरेक वडामा गई विभिन्न सामाजिक कामहरू गर्दै आएका थिए । विभिन्न ब्यक्ति , संघसंस्था बाट अार्थिक सहयोग संकलन गरि उनलेे ठुलो मेहेनतका साथ फुटबल मैदान बनाउने साहसिक काम पूरा गरेका थिए । यस्तै क्लव मार्फत म्याग्दे २ मा रहेको भाइरल ट्रि हाउसमा डस्बिन बितरण , भुकम्पकाे बेला राहत बितरण , काेभिडकाे बेला विभिन्न सचेतना मुलक कार्यक्रम सहित सेनेटरि प्याड , मास्क बितरण गरेका थिए । यस्तै विभिन्न क्षेत्रमा आएका बाढीकाे बेला राहत तथा उद्धारका लागि सहयोग , लागू औषध दुर्ब्यसनि बिरूद्ध सचेतना कार्यक्रम , युवाहरूको लागि उद्घाेषण तालिम , म्याग्दे ४ का बम बहादुर आलेकाे घरमा आगलागि हुँदा काे दुखमा नगद सहितको राहत बितरण , पार्वती विद्यालय लगायतका शैक्षिक क्षेत्रमा विभिन्न सहयोग तथा तिहारका बेला साँस्कृतिक कार्यक्रम सहितको जनचेतनामूलक देउसि भैलाे कार्यक्रम रानाको नेतृत्वकालमा भएको थियो । त्यति मात्रै नभइ क्लवमा आबद्ध युवायुवतीलाई प्रायगरि गाउँपालिका भित्र हुने गरेको धेरै जसाे कार्यक्रमहरूमा पुर्याइ साँस्कृतिक कार्यक्रम मार्फत क्लवकाे तथा ब्यक्ति आफ्नाे प्रतिभा देखाउने काममा रानाले लगाइरहेका हुन्थ्ये । म्याग्दे भित्र खेतका गर्हामा र खाेलाका बगरमा बल खेल्ने परम्परा लाई ताेड्दै खेलमैदान भित्र बल खेल्ने बाताबरण बनाउँदै युवाहरूले गरे हुन्छ भन्ने कामले प्रमाणित गरेर गाैरवले देखाएका थिए । बुवा स्वर्गीय ताराराज राना राजनीतिक तथा सामाजिक ब्यक्तित्व भएको र आमा मायादेवी राना पनि महिला आन्दाेलन देखि काङ्ग्रेस पृष्ठभूमिकि नेतृ भएकोले उहाँहरूकै प्रेरणामा गाैरब सानैदेखि पढाइ सँगसँगै राजनीति र सामाजिक क्षेत्रमा पनि प्रभावित थिए ।

त्यसैको कारण स्वरूप समाजमा केही गराैं भन्ने भावना उनमा रहिरहन्थ्याे , गाैरबले आफूले धेरै काम गर्न बाकि रहेको र अझै सम्मानित हुन अब्बल भइनसकेको सम्मानित हुँदाका बेला ब्यक्त गर्नुले पनि त्यसकाे पुष्टि गर्दछ । साे सम्मान कार्यक्रममै सम्मानित गाैरबकाे आमा म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाले युवाहरुले अग्रजलाई सम्मान गर्दै स्व. तारा राज रानाको स्मृतिमा कार्यक्रम गदै आएकोमा खुसी व्यक्त गरेकि थिइन् । युवाहरुकै सक्रियताले व्यवस्थित खेलमैदान बनेको बताउँदै मैदानको संरक्षणसहित दर्शक बसेर खेल हेर्न मिल्ने बनाउन आफ्नो पनि पहल र साथ रहने रानाले बताएकि थिइन् । सम्मानित गाैरब नेपाली काङ्ग्रेस म्याग्देका सचिव समेत हुन् । उनी बिशेषगरि युवाहरू माझ बढी लाेकप्रिय मानिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी