आदर्श कप फुटबलकाे फाइनल आज , आयाेजक र अकला गाउँवेशि क्लब भिड्दै

दमौली न्युज
  • ख-
  • ख+


विकास खनाल,

२७, फागुन, म्याग्दे ।

म्याग्दे गाउँपालिका वडा नं ४ मनहरी स्थित आदर्श नमुना क्लवकाे आयाेजनामा मनहरीमा सञ्चालन भएको एघारौं आदर्श तथा छैठाैं तारा स्मृति कप फुटबल प्रतियोगिताकाे फाइनल खेल आज दिउँसो २ बजे हुदैछ । सुक्रवार भएको सेमिफाइनलमा अकला गाउँबेसि युवा क्लब B लाई पराजित गर्दै आयाेजक आदर्श क्लव फाइनलमा पुगेको हाे । उक्त प्रतियोगितामा आयाेजक आदर्श २ / ० ले बिजय भएको

थियो । यस्तै अर्को सेमिफाइनल खेलमा अकला गाउँबेसि युवा क्लबले डिजि युनाइटेड क्लव लाई ३ / १ ले पराजित गर्दै फाइनलमा पुगेको क्लवका अध्यक्ष मलिन मल्लले बताए ।
” युवाको कामना , सकारात्मक परिवर्तनमा आदर्श नमुना ” भन्ने नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता म्याग्देकाे मनहरि फुटबल मैदानमा भइरहेको छ । फागुन १९ गतेदेखि सुरु भएको खेल फागुन २७ गते सनिवार सम्पन्न हुनेछ । प्रतियोगितामा ३२ टिमकाे सहभागीता रहेको थियो । प्रतियोगितामा बिजेता लाई १ लाख रूपयां तथा उपबिजेतालाइ ५० हजार रूपयाँ नगद प्रदान गरिने क्लवका निवर्तमान अध्यक्ष गाैरब राज रानाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था गरिएको रानाले बताए । क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएकाे छ । तनहुँ फुटबलको इतिहासमा ११ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयाेजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दावी गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्