
२१, फागुन, ऋषिङ्ग ।

११३ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फाल्गुन २४ गते ऋषिङ्ग गाउँपालिकामा खुल्ला महिला लोकगित प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने भएको छ । लोकगित प्रतियोगितामा प्रत्येक वडाबाट १ समुहले “आजको आवश्यकता सम्मुनत राष्ट्र निर्माणमा महिलाको सहभागीता” शीर्षकमा लोकगीत सृजना गरी गाउनेछन् भने महिला कर्मचारी र जनप्रतिनिधहरू बिच डोरी तान्ने प्रतियोगिता हुने भएको हाे ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित सो कार्यक्रम महिला कर्मचारी र जनप्रतिनिधिलाई प्रोत्साहन गर्न तथा आपसी सुमधुुर सम्बन्ध स्थापनाका आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । लोकगित प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना हुने प्रतियोगीहरुलाई क्रमश रु. २०,०००, १५,०००, १२,००० र सान्तवना हुने समुहलाई ८,००० तथा प्रमाण पत्र सहित पुुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
