विज्ञ केन्द्र तनहुँमा १५४ सामुदायिक कुकुरहरुको बन्ध्याकरण

दमौली न्युज
  • ख-
  • ख+

२०, फागुन,दमाैली ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले १५४ सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेको छ । फागुन १९ र २० गते सञ्चालित दुुई दिने शिविरमा दमौली बजार भित्रका ६९ भाले तथा ८५ ओटा पोथी कुुकुरकाे बन्ध्याकरण गरेको विज्ञ केन्द्रमा प्रमुख वरिष्ठ पशुु विकास अधिकृत डा.बाल कुुमार श्रेष्ठले जानकारी दिए ।  
नेपाल सरकारको सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजको मृत्यु दर शुन्य बनाउने अभियानलाई लक्ष्ति गर्दै केन्द्रले सो शिविर आयोजना गर्दै आएको श्रेष्ले बताए । केन्द्रले विगत ४ बर्ष देखि विभिन्न स्थानिय तहहरु सगँ सहकार्य गर्दै  बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको  छ । हालसम्म केन्द्रले शिविर मार्फत ६०० भन्दा बढीको बन्ध्याकरण गरेको केन्द्रका नायव पशु स्वास्थ्य प्राविधिक रुद्र सिं ठकुरीले जानकारी दिए । घरपालुवा जनावनहरु मध्ये कुकुर मानिसको सबै भन्दा नजिकको साथि भएता पनि स्वास्थ्य संवेदनशिलताका हिसाबले रेबिज जस्ता प्राणघाटक रोगबाट बच्न यस खाले कार्यक्रहरुलाई कार्यालयले  प्राथमिकतामा राखेर वर्षै पिच्छे  बन्ध्याकरण शिविर गर्दै आएको केन्द्रले जनाएको छ ।केन्द्रले गत बर्ष २२१ कुकुरको बन्ध्याकरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्