१९, फाल्गुन, ऋषिङ्ग ।
ऋषिङ्ग गाउँपालिकाको कृषि विकास शाखाले पालिका भित्रका १५ ओटा कृषक समूह तथा ६ ओटा क्षेत्र र ८ ओटा वडालाई वर्षे तथा लहरे तरकारीका बीउ बिजन वितरण गरेको छ । प्रत्येक समूहलाई विभिन्न ११ जातका तरकारीका बीउ वितरण गरिएको कृषि विकास शाखाका प्रमुख नरेन्द्र बहादुर शाहीले जानकारी दिए । समुह गठन गरी व्यवसायिक रूपमा खेती गर्दै आएका ऋषिङ्ग क्षेत्र भित्रका किसानहरुलाई प्रति समुह करिब १३ हजार रकम बराबरको बीउ बिजन वितरण गरिएको शाहीले जानकारी दिए ।
सुनौला हजार दिनका आमाहरुलाई पोषण सुधारका लागि कुखुरा वितरण
ऋषीङ्ग गाउँपालिकाको पशु विकास शाखाले सुनौला हजार दिनका आमाहरुलाई पोषण सुधारका लागि कुखुरा वितरण गरेको छ । गाउँपालिका भित्र रहेको सुनौला हजार दिनका आमाहरुको स्वास्थ्य तथा पोषणलाई मध्यनगर गर्दै शाखाले अण्डा उत्पादन गर्ने खालका न्यू हेम्पसायार जातका हुर्किएका ११ हप्ताका कुखुरा वितरण गरिएको पशु सेवा शाखाका प्रमुख पूजा खड्काले जानकारी दिइन् । ऋषीङ्ग गाउँपालिका भित्रका ८ ओटा वडाका करिब १२० जना सुनौला हजार दिनका आमाहरुलाई ५ ओटाका दरले ६०० ओटा भन्दा बढी कुखरा वितरण गरिएको थियो ।