शान्ती मा.वि.ले मनायो ६५ औं बार्षिकोत्सव

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग

ऋषिङ्ग-३ दुबुङ स्थित शान्ती मा.वि.ले ६५ औं जन्मदिवस मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षतामा संचालित कार्यक्रम नेपाली कांग्रेस तनहुँका उपसभापती तथा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले बिद्यालय सुधारका लागि सबैको समान सहभागिताको अवधारणा निर्माण गर्न विद्यालय लाग्नपर्ने बताए । “कुनैपनी बिद्यालयलाई समाजका हरेकले स्वामित्व अनुभुत गर्ने किसिमले कार्यसम्पादन गर्नुस, स्थानिय सरकारको तर्फबाट हुनसक्ने सहयोग र पहल हामी गर्छौं ” उनले भने । सम्बोधनका क्रममा श्रेष्ठले बिद्यालय निर्माणका निमित्त र विद्यालयको श्रीबृद्धिको लागि लाग्ने सबैको सम्मानका साथ समुदाय शैक्षिक यात्राको निमित्त अगाडि बढ्नुपर्ने बताए । निकै चुनौती मोलेर सल्बसुलभ शिक्षाको लागि यो विद्यालयलाई माध्यामिक तह संचालन गरेको स्मरण गराउँदै शिक्षाको गुणस्तर उच्च राख्न आग्रह गर्दै विद्यार्थी संख्या घट्नु अहिले समस्याको रुपमा देखिएको हुँदा बिद्यालयप्रतिको आकर्षण बढाउने नीति तथा कार्यक्रम गाउँपालिकाले लागू गराउने र बिद्यालयहरुले त्यसका निमित्त सहयोग गर्नुपर्ने जनाए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, शिक्षा समिती सदस्य जंगबिर आले, शिव सरस्वती मा.वि.का अध्यक्ष दानबहादुर श्रेष्ठ, नेपाली कांग्रेस ऋषिङ्ग-८ का सभापती भरतकुमार श्रेष्ठ, शान्ती सेवा युवा क्लबका अध्यक्ष नीरकुमार थापा, अकला युवा क्लबका अध्यक्ष प्राध्यापक तिर्थराज रानाभाट लगायत विभिन्न बिद्यालयका प्रतिनिधिहरु, स्थानिय संघ संस्थाका प्रतिनिधिहरु ले बिद्यालयको सर्बाङ्गिण पक्षको बिकास गर्दै शिक्षा क्षेत्रलाई बिकासको मेरुदण्ड मानेर अन्य क्षेत्रको बिकासका आधारहरु निर्माण गर्न आग्रह गर्दै बिद्यालयको प्रगतिको लागि सहयात्रा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रमुख अतिथिद्वारा विद्यालयको निर्माण सम्पन्न ६ कोठे भवनको उद्घाटन समेत गरिएको उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ऋषिराम रानाभाटले रु ७०,२६,५७१/८५ को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अक्षय कोष स्थापनाको लागि अकला युवा क्लबका अध्यक्ष तिर्थराज रानाभाटको परिवारद्वारा रु १,००,००३/- विद्यालयलाई हस्तान्तरण गरिएको थियो । विद्यार्थिहरुको सांस्कृतिक प्रस्तुती रहेको उक्त कार्यक्रममा चौथो अन्तर बिद्यालय राष्ट्रपती रनिङ सिल्ड अन्तरगत बिजेता बिद्यार्थिहरुलाई सम्मान गरिएको थियो । शान्ती आधारभुत बिद्यालयलाई माध्यामिक तह संचालन गर्नको लागि नेतृत्वदायी भुमिका खेलेको भन्दै दुबुङका अधिकांस बक्ताले गाउँपालिका अध्यक्ष श्रेष्ठलाई धन्यबाद ब्यक्त गरेका थिए । सहायक प्रधानाध्यापक रामकुमारी नेपालिले स्वागत गरेकी उक्त कार्यक्रम शिक्षिका नानिमाया थापाले संचालन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी