अनुनय विनय गरेपछि बल्ल एम्बुलेन्स चालक बिरामी बोक्न तयार भए

  • ख-
  • ख+

सञ्जय श्रेष्ठ
केही दिन अघि तनहुँका २७ जनामा एकै पटक संक्रमण देखियो । सोही दिनको रिपोर्टमा भेटेरिनरी अस्पतालका प्रमुख बालकुमार श्रेष्ठमा पनि संक्रमण देखियो । त्यसलगत्तै उहाँ अस्पतालको क्वार्टरमै आइसोलेट भएर बस्नुभयो । शुरु देखि नै ज्वरो देखिएकाले पोखरा गएर जँचाउँदा उहाँमा संक्रमण भेटिएको थियो । निरन्तर देखिएको ज्वरो नघटेपछि बुधबार उहाँलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने तयारी गरियो । पोखरा लैजान तयारीमा जुटयौं, हामी सम्पुर्ण अस्पतालका कर्मचारी लगायत साथीहरु । जिल्ला अस्पतालबाट रेफर लगायतका सबै प्रक्रिया पूरा गरेर बसेका उनलाई लैजान एम्बुलेन्स चाहिन्थ्यो ।

हामीले दमौलीका विभिन्न निजी क्लिनिक तथा अस्पतालका एम्बुलेन्सलाई सम्पर्क ग¥यौं । दमौलीको व्यास नगर अस्पताल, एपोलो पोलिक्लिनिक, लोकप्रिय स्वास्थ्य क्लिनिक, कुमाल उजेली आमा समुहद्वारा संचालित एम्बुलेन्स, काजिमान स्मृति, शुक्लागण्डकीको जीपी कोईराला श्वासप्रस्वाशलगायत औंलाले गन्न सकिने र सम्झिए जति सबै एम्बुलेन्सलाई सम्पर्क ग¥यौं ।

कोभिड संक्रमित बोक्न पालो लगाईएको रहेछ । प्रत्येक एम्बुलेन्सले ३ दिन पालो लगाएका रहेछन् । जस अन्तर्गत बुधबार नेशनल एपोलो अस्पतालको पालो परेको रहेछ । पालो परेको सवारी व्यास नगरपालिकाले सङ्कलन गरेको कोरोनाको स्वाब लिएर पोखरा गएको भन्ने जानकारी पायौं, बेलुकाको ६ बजे तिर । सोही एम्बुलेन्सलाई पोखराबाट फर्किएपछि लैजाउ न त भनियो । सवारी चालकले आफू सुगर तथा दमको बिरामी भएकोले लैजान नसक्ने भन्दै सम्पर्कवीहिन भए ।

त्यस लगत्तै दमौलीका अर्का एम्बुलेन्स चालकलाई सम्पर्क ग¥यौं । उनले आफ्ना साना साना छोरा छोरी भएकाले खतरा हुने भन्दै नजाने निर्णय सुनाए । कोही अरु चालकले गाडीमा समस्या देखाए । कोहि अस्पतालका संचालकले ‘पालोवालाले मात्र बोक्छ, हाम्रो जिम्मेवारी भित्र पर्दैन’ सम्म भन्न भ्याए । रातिको ७ः३० बजे सम्म लगातार ३ घन्टा सम्म सम्पर्क गर्दा समेत एम्बुलेन्सको व्यवस्था गर्न सकिएन । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत नाफा कमाउने उद्देश्यले संचालित स्वास्थ्य सेवाप्रदायक अस्पतालहरुले विभिन्न बहाना देखाए ।

कोहि अस्पतालका संचालकले ‘पालोवालाले मात्र बोक्छ, हाम्रो जिम्मेवारी भित्र पर्दैन’ सम्म भन्न भ्याए । रातिको ७ः३० बजे सम्म लगातार ३ घन्टा सम्म सम्पर्क गर्दा समेत एम्बुलेन्सको व्यवस्था गर्न सकिएन । मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत नाफा कमाउने उद्देश्यले संचालित स्वास्थ्य सेवाप्रदायक अस्पतालहरुले विभिन्न बहाना देखाए ।

सामान्यतः दमौली देखि पोखरा लैजादा अधिकतम ३००० सम्म भाडादर कायम गरिएको छ । तर श्रेष्ठले लाग्ने भाडा भन्दा ४ गुणा रकम र चालकले लगाउने पिपिई समेत दिन्छु भन्दा समेत कोहि तयार भएनन् । धेरै लामो अनुनय र विनय गर्दा समेत कोही जान तयार नभए पछि हामिले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क ग¥यौं । प्रजिअले निजी अस्पतालका संचालक र एम्बुलेन्स चालकको सम्पर्क माग्नुभो । उहाँले क्लिनिकका संचालकलाई निर्देशन दिनु भए लगतै लोकप्रिय स्वास्थ क्लिनिकका संचालकले हुन्छ भनी आफ्ना सवारी चालकलाई खबर गरे ।

सवारी चालक एक जना आफन्त बितेका ठाउँमा कुरुवा बस्न गएका रहेछन् । चालकलाई धेरै अनुनय बिनय गरे लगतै रातको ८ बजे उनी आउने निधोभो र केहिबेरमा उनी आई पुगे । करिब ६ घन्टाको निरन्तर सम्पर्क र मेहनतपश्चात् बल्लतल्ल स्वास्थ्य खराब भएका श्रेष्ठलाई पोखरा लगियो । अब प्रश्न गरौं, तनहुँका सेवाप्रदायक अस्पताल , क्लिनिक र कोभिड व्यवस्थापनबारे । ३ दिनको पालो लगाईएको एम्बुलेन्स र स्वास्थ्य संस्थानले आकस्मिक समयमा संक्रमितलाई लैजान नमाने पछि त्यस्को विकल्प के हुन्छ ?

कथम कदाचित संक्रमित बोक्न पालो लागेका सवारी एक जना बिरामी बोकेर दौडिरहेको बेला अर्का कोभिडका बिरामीको स्वास्थ्य अवस्था बिग्रेको खण्डमा उपचारका लागि लैजाने विकल्प के होला ?

कथम कदाचित संक्रमित बोक्न पालो लागेका सवारी एक जना बिरामी बोकेर दौडिरहेको बेला अर्का कोभिडका बिरामीको स्वास्थ्य अवस्था बिग्रेको खण्डमा उपचारका लागि लैजाने विकल्प के होला ? कोभिडका बिरामीका लागि निजि क्लिनिक तथा अस्पतालले गरेका गैरजिम्मेवारी पुर्ण निर्णय र बेवास्ताले संक्रमितको उद्धारमा देखिएको समस्यालाई कसले र कसरी व्यवस्थापन गर्ने ? नीति निर्देशन र जिम्मेवारीको बाँडफाँट गर्ने निकायले कार्यान्वयनमा ल्याउन किन सकेन ? उद्धारमा ढिला भएकै कारण बिरामीको मृत्यु सम्म भएका घट्नाहरु हामीले नसुनेका हैनौ । तर पनि बिरामीको उद्धारमा देखिएको यस किसिमको समस्यालाई सुल्झाउने निकाय कहाँ छ ? जस्ता प्रश्नहरु भने उठेका छन् । जिल्लाका प्रत्येक स्थानीय तहमा एउटा सवारी कोभिड संक्रमितलाई बोक्न तथा व्यवस्थापन गर्ने भनिएता पनि खोइ त कार्यान्वयन ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी