सत्ता गठबन्धन भत्काउन दौडधुप

  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।

विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षमा छन् । राष्ट्रपति चयन हुन बाँकी रहँदा एमाले र माओवादीबीच राष्ट्रपतिको विषयलाई लिएर विवाद बढाउन शक्तिकेन्द्र दौडधुपमा लागेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी