राष्ट्रपतिरनिङ शिल्डमा भाग लिएका बिद्यालयले पाएनन् यातायात खर्च

  • ख-
  • ख+


बिकास खनाल माघ ७, दमौली : व्यास नगरपालिकाकाे आयाेजनामा पुस २७ गतेदेखि २९ गतेसम्म भएको अन्तर माध्यमिक बिद्यालय राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगितामा भाग लिएका बिद्यालयले यातायात खर्च बापतकाे रकम नपाएको गुनासो गरेका छन् ।

नगरपालिकाकाे शिक्षा तथा सामाजिक बिकास शाखाले सामुहिक खेलमा भाग लिने बिद्यालयलाई यातायात खर्च बापत ५ हजार दिने परिपत्र गरेको थियो । तर सामुहिक खेल भित्र पर्ने बास्केटबल खेलमा सहभागी भएका ब्यास दिव्यज्याेति बाेडिङका बिद्यार्थीले भने उक्त रकम नपाएको बताएका छन् ।

नगरपालिकाबाट आएकाे पत्रकाे घ काे ५ नम्बर मा सामुहिक खेलमा सहभागी हुने बिद्यालयलाई यातायात खर्च बापत ५ हजार दिने लिखित पत्र भएकोमा अहिले नदिएको शिक्षक अनिल अधिकारीले बताए ।

हामीले १ हजार रूपया तिरेर दर्ता गरेर बास्केटबल खेलमा छात्र ९ र छात्रा ९ गरि १८ जना खेलाडी सहभागी गराएका थियौं तर बास्केटबल सामुहिक खेलमा नपर्ने भनेर फर्काइयाे अधिकारीले भने ।

सामुहिक खेल भनेको कबड्डि र भलिबल मात्रै हाे बास्केटबल त निर्मल स्कुलले यत्तिकै खेलाएकाे हाे भनेर फर्काए उनलेे भने । जवकि घ काे ३ नम्बरमा प्रतियोगितामा अायाेजना हुने इभेन्टहरू भनेर बास्केटबल खेल राखिएकाे छ । कि पत्रमा समावेश गराउन हुँदैन , समाबेश गरेपछि बिद्यालयलाई झुक्याउन पाइँदैन अर्का शिक्षक गाैतम कुमालले भने ।

यस सम्बन्धमा व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नवीन पराजुली सँग बुझ्दा खेलाडीहरूले झण्डा सहित मार्चपासमा आए नआएकाे बुझ्नुपर्ने बताए । बिद्यालयले राष्ट्रिय झण्डा र बिद्यालयकाे झण्डा सहित मार्चपास गरेर १ हजार रूपया दिएर इन्ट्रि गरिसकेको छ। शिक्षक गाैतमले निर्मल स्कुलमा आंफुहरूले तिरेको रकमको रसिद नम्बर ५७८५५ रहेको बताए ।

शिक्षा शाखा प्रमुख पराजुलीले पहिले बास्केटबल खेल सामुहिक खेलमा पर्ने र मार्चपास गरे पाउने भनेपनि निर्मलले पाउँदैन भनेपछि कुरा सच्याए । पराजुलीले बास्केटबललाई केन्द्रले ताेकेकाे कार्यबिधिमा उल्लेख गरेको भए पनि निर्मलले स्वेच्छिक रूपमा खेलाएकाे र गणना नगर्ने गरि एच्छिकमा राखिएको समेत बताए ।

यस सम्बन्धमा निर्मल माविमा सम्पर्क गर्दा अाफ्नाे हाताभित्र बास्केटबल काेर्ट भएकोले मात्रै खेलाएकाे बताए । ब्यास दिव्य ज्याेतिले भने पत्र र ब्यबहारमा मेल खानुपर्ने भन्दै प्रस्ट पार्न माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी