दमौली : तनहुँको दमौलीमा सञ्चालन पाँचौ आदीवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा पशुपति शर्माले दर्शकलाई छमछमी नचाएका छन्।

विपिवनवाटीकामा जारी महोत्सवको आठौं दिन आज शुक्रबार पशुपति शर्माले दर्शकलाई आफ्ना चर्चित गीत मार्फत मनोरञ्जन प्रदान गरे । शर्माले करिब आधा दर्जन भन्दा बढी गित प्रस्तुत गरेका थिए ।

त्यस्तै आज नै दोहोरी गायिका मन्जु विक को प्रस्तुतिमा पनि दर्शक मज्जाले नाचेका थिए । पुस २२ गते देखि सुरु भएको महोत्सवमा आज आठौं दिन १२ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए भने १५ लाख भन्दा बढीको कारोबार भएको महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए ।

भोलिको मुख्य आकर्षक भने गायक बद्री पंगेनी, संजिवसिं राना, गायिका कला लम्साल,प्रिया गुरुङ,हास्यकलाकार राजेन्द्र गिरी गुन्द्रुके लगायतका कलाकारहरू प्रस्तुती रहने प्रवक्ता थापाले वताए । महोत्सवमा दर्शकहरुको आकर्षक दिन प्रति दिन बढ्दो देखिएको पनि उनले जानकारी दिए।











