बदनाम कांग्रेस..….

  • ख-
  • ख+


दानबहादुर श्रेष्ठ

१) गणतन्त्र कांग्रेसको मुद्दा नै थिएन जबकी उ संवैधानिक राजतन्त्रको पक्षधर हो जहाँ उसको स्वाधिनतासँगै जनताका हित सर्बोपरी थियो र उसको आफ्नो मौलिक धर्मरक्षा गर्न चाहन्थ्यो, कांग्रेस त्यहिँ चुक्यो । ०६२/०६३ आन्दोलन पछि बेबि किङ्गको बिषय सायद सुने होलान जहाँ फर्किने कांग्रेससँग बाटो थिएन ।

२) संघियता कांग्रेसको मुद्दा नै थिएन किनकी जनताको आह्वान नै नभएको त्यस मुद्दामा कांग्रेस जान चाहन्थेन र अन्तिमसम्म पनि ५ बिकासक्षेत्रलाई नै कायम गराउने ध्याउन्नमा थियो । जातका मुद्दाबाट बिबादित मात्र हैन आलोचित समेत बनेको निकै पेचिलो बनेको संघिय राजधानिका नामाकरण जति खतरनाक थियो त्यो भन्दा उ प्रदेशको संख्या कम गर्नेमै ब्यस्त थियो तर आफ्नो बिधानसमेत संशोधन गरेर अघिल्लो बुँदामै चुकेको कांग्रेस यो मानेमा फर्कने कुनै मोड नै भेटेन ।

३) धर्मनिरपेक्षता कांग्रेसको कल्पना बाहिरको बिषय थियो । देशभरबाट आएको अभिमतले मौलिक धर्म रक्षाका लागि जुन अभिप्रायरुपी सुझाव थियो त्यसमा खेलवाड गर्न नचाहेको कांग्रेस जुन चक्रब्युहबाट गुज्रँदै थियो, अन्तत: जारी हुनपुर्ब नलेखिएको तर जारी गर्दा उल्लेख “धर्मनिरपेक्षता”बाट आफै म्याद समाप्तिको बाटोमा अबैधानिक हुने त्रासको अधिनस्थ भै संबिधान जारी भयो जहाँबाट भाग्ने र उम्किने द्वार नै कांग्रेससँग थिएन । (यद्यपि कांग्रेसका उच्चपदस्त नेताको नाम धर्मनिरपेक्षताको सौदाबाजिमा जोडिन्छ)

४) स्वतन्त्र नाम कसैले उच्चारण गर्न मिल्छ भने त्यो कांग्रेसले मिल्छ किनकी जनताका स्वतन्त्रताका लागि सबैभन्दा बढी लडेको पार्टी नै नेपाली कांग्रेस हो । स्वतन्त्रताका निमित्त लडेका नेपालका सबै अभ्यासहरुका सबै नेतृत्व कांग्रेसले नै गरेको हो अझ भन्नुपर्दा नेपालको सबै परिबर्तनको संबाहक नै नेपाली कांग्रेस हो । कांग्रेसले प्रत्युत्पादन गरेको स्वतन्त्रताका सिद्धान्तको अधिनस्त कानुन आफ्ना दलभित्रमात्र हैन जनताले आफ्ना फरक अभिमत ब्यक्त गर्नपाउने अधिकार पद्दतिभित्र नै समाहित गर्‍यो जसका कारण फरक दल खोल्न पाउने मात्र हैन कुनै दलको आधार बिना नै निर्वाचनमा होमिन पाउने ब्यवस्था गर्‍यो तर त्यही स्वतन्त्रताको फाईदा लिएकाहरुबाट नै कांग्रेस बदनाम छ जहाँबाट फर्कने दुस्साहस गर्ने कांग्रेसले ल्याकत राख्दैन ।

कुनै पुरानो बेला थियो कि कांग्रेस संघर्षका दौरान आफ्ना स्वाभिमान सर्बोपरी ठानेता पनि everything is fare in love and war को धारणा अनुरुप राजतन्त्रको एकलशासनको बिपक्षमा जनताका अधिकार र स्वाधिनताका लागि दाउपेच चलिरहँदा आफ्नै मातृभुमिप्रतिको हस्तक्षेप अस्विकार गरेर “माटो” प्रतिको स्वाभिमानले “मेरो र राजाको घाँटी जोडिएको छ” भन्ने अभिब्यक्ती दिन बाध्य भयो तर राजा हटाउने अभियानको माओबादिको ससस्त्र संघर्षको दौरान “होलेरी” काण्डमा राजसँग सम्बन्ध चिसिएपछिको परिघटनाले ज्ञानेन्द्र हटाउ अभियान राजतन्त्र हटाउनेसम्म पुग्यो । सडकमा , जंगलमा , स्कुलमा हुँदै शहरसम्म कुनबेला के हुन्छ भन्ने त्रासदिपुर्ण अवस्थाबाट जनतालाई उन्मुक्ती दिनका लागि एउटा अतुलनिय काम गरेको कांग्रेसले जनतालाई त्यो “शान्तिप्रकृया” कति महत्वपुर्ण थियो भन्ने बुझाउनै सकेन । शान्ती प्रकृयामात्र हैन २०५२ सालमा जन्मेका करिब ६० लाख मतदाता जसलाई त्यो युद्ध र बिद्रोहको खासै अनुभुती नै छैन जो नेपालको आम निर्वाचनका निर्णायक मत हो जसलाई कांग्रेसले आफ्ना सैद्धान्तिक गुणहरु जनताका आधारभुत आवश्यकताको बारेमा पर्याप्त सम्बोधन गर्न नै सकेन । ती दुधे शिशुबाट मतदाता बनेका नबिन पुस्तालाई २००७ सालको क्रान्तिको पाठ र २०५२-०६२/०६३ को बर्बर दिनांकहरु हेक्का नै छैन उनिहरुलाई कांग्रेस सत्ता केन्द्रीत हैन जनताका समस्या केन्द्रीत रहेर कार्यसम्पादन गर्छ भन्ने सन्देश नै दिन सकेन । उनिहरु त्यो बर्बर दिनको बारेमा अहिले पढाउनका लागि तिब्र गतिका साथ बढिरहेको प्रबिधीमैत्री बिश्वका युवा पुस्ताको ती बिषयमा घोत्लिने र बुझ्ने फुर्सत छैन । तिनिहरुलाई गणेसमानका छोराका नाममा र बिपिका दरसन्तानका नाममा हैन कि त स्व. प्रदिप गिरि जस्ता युग सापेक्ष बिचार दिनसक्ने कि त बालेन जस्ता समय सापेक्ष काम गर्नसक्नेहरुले नियन्त्रणमा लिन सक्दछन ।

अब पुन: जनताका अभिमत लिन जाने समय आएको छ जहाँ जानका लागि कांग्रेस सँग ठोस एजेण्डा नै छैन । चुनाब अघि नागरिकता जस्तो संबेदनशिल बिषयमा आलोचित बनेको कांग्रेसले कुलप्रश्नको आधा प्रश्न नागरिकता बिधेयकको बारेमा हुनेछ किनकी कांग्रेसले प्रत्युत्पादन गरेको स्वतन्त्रताको अधिकार उपयोग गर्दै जनताले प्रतिप्रश्न गर्नेछन तर यो मुद्दापनी कांग्रेसको हैन र थिएन जसरी एमसिसी मुद्दा कांग्रेसको थिएन । द्वैपक्षिय सम्बन्ध र कुटनैतिक मर्यादामा आँच आउने बिजारोपण गरेको अरुको बपौती सम्हालेको कांग्रेस फेरि बदनाम बनिरहेको छ ।

बदनामहरुको लगौटी समातेर कहिलेसम्म कांग्रेस बदनाम बनिरहन्छ कुन्नी ?

लेखक : नेपाली कांग्रेस तनहुँ-२ का आमन्त्रीत सदस्य हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी