दमौलीः नेपाली काङ्ग्रेसका नेता डा. शेषरमण न्यौपानेले आफु कांग्रेसमै रहेको बताएका छन् । सोमबार केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आए जसरी आफु राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार हुन लागेको भन्ने हल्ला मात्रै भएको दावी उनले सामाजिक सञ्जाल मार्फत गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ः
‘नेपाली कांग्रेसका नेता डा.शेषरमण न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्वर १ का लागि उमेद्वारमा सिफारिस भन्ने हिजो, अस्ति प्रकाशित, समाचार र टिकाटिप्पणी प्रति मेरो ध्यानाकर्षण भएको छ ।
सो प्रस्तावलाई उच्चतम् मूल्यांकन गर्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै देशको नेतृत्व गर्न पाउने अवसर आफ्नो आखा अगाडी राखेर, मनलाई विचलित हुन दिन हुन्न भन्ने अन्तरआत्माको भावनाका कारण समाचारमा आए अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको सो प्रस्तावमा सहमती जनाउन नसकेको व्यहोरा सादरपूर्वक अनुरोध गरेको छु । म २०४८ साल देखि नेपाली कांग्रेसको क्रियाशिल सदस्य हो, छु र रहने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।
अवसर र जिम्मेवारी नपाएर वा नपाउने संकेत देखेर विचलित भएका नेपाली कांग्रेस पार्टीका तमाम नेता तथा कार्यकर्ताहरुलाई विचलित नभै एकाकार हुन र यस महान अभियानमा जुट्न समेत हार्दिक अपिल गर्दछु।’











