सन्दर्भ:ऋषि पञ्चमी

प्रकृति खनाल न्यौपाने
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु (विशेष गरेर नारीहरू) ले मनाउँने प्रचलन छ। बिहानै उठेर स्नान गरी नित्यकर्म सकेर महिलाहरू जलाशय पुग्छन्।

स्वच्छताका लागि पटक-पटक आफ्ना अङ्गहरू गाेप्यअङ्गहरूलाई पवित्र पार्नका लागि ताेकिएकाे वनस्पतिका जराकाे माटाे समेत लगाएर धुने जस्ता कुप्रचनन समेत यहाँ गरिएकाे पाइन्छ। ब्राह्मणलाई निमन्त्रणा दिई बिधिवत् रूपमा यसकाेपुजा ,खर्चना गर्ने चलन रहदै आएकाे छ।

पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ ।


रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय मान्यता अनुरूप यसलाई अनुसरण गर्नुपर्ने तर्क पुरानाे पुस्ताकाे रहदै आएकाे छ ।जसलाई मासिक धर्म पाप हाे भनेर सिकाइएकाे छ।यस्ताे तर्कलाई संस्कृति मानेर अगाडि बढ्ने हाे भने समाजमा नकारात्मक परम्पराकाे झुन्डनै बिस्तार हुने देखिन्छ।

जसले महिला समानता,महिला स्वतन्त्रता र महिला सम्मानका विषयमा ठुलै आँच आउँछ। जुन वेला महिलालाई शैक्षिक अवसर लगाएत हरेक अधिकार बाट बञ्चित गराइएकाे थियाे त्यसै समयमा उनिहरूमाथि जैविकता रजस्वलालाई पाप हाे भनेर क्षमायाचना गर्ने विधिकाे निर्माण गरियाे र उनिहरूलाई कमजोरीकाे मासिकधर्म रजस्वला एक महिलाकाे कमजोरी हाे भन्ने संज्ञा दिइयाे ।जुन समय विद्यत्व प्राप्त गर्ने अवसर दिइएकाे थिएन।धर्म र परम्पराकाे नाममा पवित्रता र जैविकताकाे अधिकार रजस्वलालाई पाप साेचिनु आँफैमा खेदजनक छ।

तर यसलाई व्यापक रूपमा साेच्ने रूपान्तरणकाे जग आउन समय अवश्य लाग्छ।यसका लागि शास्त्र लेख्ने अधिकार महिलालाई हाेस्,धार्मिक शास्त्र या सामाजिक शास्त्र ।जसले राम्रोलाई नराम्रो भन्ने हिम्मत नगराेस्।पुराना असमान शास्त्रलाई परिस्कृत र परिमार्जन गरेर धर्मलाई नैतिकता,तथ्यता र सत्यतासँग जाेडाेस्।

वर्तमान महिलाहरूमा ऋषि पञ्चमी पुजाअर्चना गर्ने भन्ने कुरा हरादै छ।त्याे हराउनु भनेकाे उनिहरूमा चेतनाकाे स्तर वढ्नु हाे। पुरूषत्वले जरा गाडेकाे समाजमा यसलाई विकृतिकाे रूपमा साेचेर अनेक लाञ्छना लगाउनु स्वाभाविकै हाे।त्यसैले विकास र रूपान्तरण प्रगतिशील परिवर्तन काे उपज पनि हाे भनेर हामी सहस्र स्वीकार गर्न सक्नु पर्छ।

नारी जाति भन्ने वित्तीकै नरकाे अनुसरण गर्ने वा नरलाई पछ्याउने जाति विशेष भन्ने बुझिन्छ ।जुन शाब्दिक पदावलीहरूनै विराेधाभास छ।
आजसम्म पनि समाजका नियमहरू पुरूषलाई सर्वेसर्वा मानेर विकसित भएका देखिन्छन् ।तर यस्ता कुरा वेद जस्ता अदीम र पवित्र धर्मग्रन्थमा भेटिदैन।कुनै युग वा चरणमा आफ्ना स्वार्थ सिद्धका लागि पुराणका शाखाहरू विस्तार गर्दै धार्मिक परम्परा र संस्कृतिका नाममा एक वर्गकाे दाेष मेटाउन भन्दै शासन गरेकाे वर्गले पछाडि पारिएकाे वर्गलाई जैविकतामा आउने पवित्र चक्रलाई दाेष हाे भनेकाे छ,जसले धर्मशास्त्र निर्माण गर्याे।

आफू भन्दा फरक अर्काे वर्गलाई हेलित दृष्टिकोणबाट याे उत्पति प्रथा भएकाे देखिन्छ। पवित्र सुन्दर सुष्टिकर्मसँग सम्बन्धित जैविकतालाई अपवित्र भनेर यामा याचना गर्न लगाउनु कति सम्म खेदजनक र अन्यायपूर्ण छ भन्ने कुरा यसका धार्मिक कथाहरूवाटनै छर्लङ्ग हुन्छ।जैविकतामा देखा पर्ने रजस्वलाप्रति लाञ्छना लगाउनु कत्तिको न्यायपूर्ण छ त? समानताका खातिर यस्ता आलोचनात्मक विचारहरूकाे प्रस्तुति ले धेरै विकृति र विसंगतिहरू सिर्जना गरिएकाे देखिन्छ।वेदले महिलालाई दिएकाे सम्मान र समर्पणलाई गुमनाम पार्नकै लागि महिलाले वेद पढ्न हुदैन भन्ने जस्ता कुतर्क समेत हाम्राे समाजमा पाइन्छ ।

यसकाे तात्पर्य सत्यतासँग तथ्यकाे भेट भएपछि वर्गगत अस्तित्व समान हुन्छ अनि शासन गर्नेहरूकाे अधिकारकाे क्षेत्र कम हुँदै जान्छ भन्नेनै हाे।विभिन्न धार्मिक पुराणहरूकाे निर्माण गरि कुनै शक्ति र पहुँचमा भएका वर्गका लेखकहरूले यस्ता धार्मिक ग्रन्थ रचना गरे ।जुन तर्कविहिन सिद्धान्तलाई व्यवहारिक कार्यन्वयनका लागि स्त्रीजातिकाे मासिक धर्म रजस्वलासँग जाेड्ने काम गरें। रजस्वलासँग जाेडेर पापकाे सङ्केत गर्दै क्षमायाचनाकाे स्वरूपमा ऋषिपञ्चमी पुजा गर्नुपर्ने धारणा दर्शाइयाे।


जुन सुन्दा पनि अपाच्य र अमानवीय छ। सृष्टिकाे सुन्दर पालुवा सन्तान उत्पादन प्रक्रियासँग जाेडिएकाे मासिक धर्मलाई पापकाे संज्ञा दिनु आफैंमा नीचोपन हाे।

किनकी सिद्धान्तकाे रचनाकार र लेखक जुन वर्गकाे हुन्छ त्यही वर्गलाई संरक्षकत्व दिएर वर्गीय अपनत्व कायम गर्नु लेखकीय धर्म हाे।

भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ।

जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । कस्ताे काइते तर्क पाप गर्ने पुरूष क्षमयाचना गर्ने नारी यसैवाट स्पष्ट हुन्छ।भगवान् इन्द्रले गरेकाे दाेषकाे क्षमयाचना सम्पूर्ण महिलाले गर्ने?


यसकारण मासिक धर्मका समय सफा ,स्वस्थ्य ,स्वच्छता अपनाउनु ,पाेषिलाे आहारविहार गर्नु सम्पूर्ण महिलाकाे संरक्षकत्व हाे।पापका नाममा आँफुलाई परिचालित गर्नु,तथ्यता अध्ययन नगर्नु स्वम् महिलाका कमजोरी हुन्। समानताका र सहअस्तित्वका खातिर यस्ता प्रचलनहरूलाई बढवा दिनु समाजमा रहेका प्राज्ञ समुदाएकाे समेत कमजाेरी हाे।
यस्ता पर्व र प्रचलनलाई न्युनीकरण गर्दै सहअस्तित्वकाे खाेजी गर्न सम्पूर्ण क्षेत्रका प्राज्ञ व्यक्तित्वहरू लाग्नु पर्ने देखिन्छ।

अन्तिम पटक अध्यावधिक गरिएको 1165 Viewed

प्रतिक्रिया दिनुहोस्


[espro-slider id=12849]