
पवन पौडेल
साँगे(तनहुँ) ः हुन त उनी इन्डियन आर्मी । लेन्स नायकका पेन्सने । उमेरले ६५ वर्षमा टेकेका यिनी अहिले जीवन मरणको दोसाँधमा छन् । ६ वर्ष अघि बिरामी परे । परिवारले रोग पत्ता लगाउन धेरै ठाउँ चाहार्यो । तर त्यसको तीन वर्षपछि मात्र डाक्टरले भने, ‘तिम्रो दुवै किड्नी ड्यामेज छ ।’ अनि छाँगाबाट खसेजस्तै भए, उनी ।
पतिको उपचार खर्च धान्न नसके पछि अहिले उनले मुटुको जाँच गर्न पनि छाडिन् । ‘मेरो पनि मुटु र थाईराइडको समस्या छ बाबु,’ उनले आँखा रसाउँदै भन्,ि‘बुढाको समसयाले जाँच्न पनि पाको छैन ।’
पहिले नै उपचारमा धेरै खर्च भइसकेको छ, उनको । किड्नीको उपचारमा फेरि अरु खर्च गर्नु पर्ने अवस्था आइलाग्यो । पेन्सनको भरमा । व्यास ५ सागे निवासी परिवार चलाएका यिनका लागि किड्नीको रोग अभिसाप बन्न पुग्यो । भएभरको सम्पत्ति सबै उपचारमा सकिए पछि अब थप ऋण लिनुको विकल्प रहेन । ‘रोग पत्ता लगाउँदै भएभरको सकियो,’ उनी भन्छन्,‘ठूलो रोग लागेको बल्ल थाहा भयो । अब कसरी उपचार गर्नु ।’
हुन त सरकारले डायलासिस निःशुल्क भनेको छ । तर औषधी किन्दा र आउ जाउमै एक पटकमा ४।५ हजार खर्च हुन्छ । भएको सम्पत्ति सबै सकिए पछि परिवारले छर छिमेकमा सहयोग मागेर उपचार खर्च धानिरहेको छ । ‘डायलसिस त पैसा लाग्दैन भन्छन् । तर औषधी र रगत किन्नुप¥यो,’ हप्तामा दुई पटक डायलसिसबाट जीवन धानिरहेका उनी भारी हुँदै भन्छन्,‘एक पटकमा पाँच हजार खर्च कताबाट ल्याउनु ।’

पैसा नपुगेपछि पत्नीको उपचार नै बन्द
आफ्नो भएको सबै बाटो सकिए पछि छिमेकको सहयोगले पनि भर थेग नभए पछि परिवार टेकबहादुरलाई कसरी बचाउने भन्ने चिन्तामा छ । टेकबहादुरको श्रीमती केशिमाया पतिलाई जसरी भए पनि बचाउन चाहन्छिन् । ‘मलाई साह्रै गाह्रो भयो बाबु,’ उनले भनिन्,‘अहिलेसम्म कसैसँग हात फैलस्एको पनि थिइन ।’
केशिमाया मुटुकी बिरामी हुन् । तर पतिको उपचार खर्च धान्न नसके पछि अहिले उनले मुटुको जाँच गर्न पनि छाडिन् । ‘मेरो पनि मुटु र थाईराइडको समस्या छ बाबु,’ उनले आँखा रसाउँदै भन्,ि‘बुढाको समसयाले जाँच्न पनि पाको छैन ।’
यसो भन्दा भन्दै उनले आफूलाई थाम्न सकिनन् । भक्कानिदै आँशु खसाल्न थालेकी केशिमायालाई पतीको उपचारमा खर्च जुटाउन माग्नु परेको कुराले ग्लानी भैरहेको सहजै बुझ्न सकिन्थ्यो । तर के गर्नु उनीसँग अरु उपाय पनि बाँकी छैन ।
बचाउने मान्छेको खोजी
टेकबहादुरसँग अब बाँच्नका लागि एउटै उपाय छ, सुभेच्छुकको सहयोग । ‘मृगौला फेर्न पनि मिल्छ भन्छन्,’ उनी भन्छन्,‘तर मलाई धेरै खर्च गरेर बाँच्नु छैन ।’ उनलाई नियमित डायलसिस गरिरहन पाए पनि कम खर्चमा बाँच्न सकिन्छ भन्ने लागेको रहेछ ।
‘डायलसिस मात्र गर्ने खर्च जुटाउन सके बाँच्छु भन्ने आशा छ ।’ उनले ठाउँ ठाउँका मान्छेले यस्तै सुभेच्छुकको सहायताले बाँचेको सुनेका रहेछन् । भन्छन्,‘कसैले हेरिदिए बाँच्थें कि ?’