मुटु रोगिलाइ आदर्श नमुना क्लवको आर्थिक सहयोग

  • ख-
  • ख+

विकास खनाल म्याग्दे: म्याग्दे गाउँपालिका वडा नँ ४ का मदन थापाको छोरि मुटु रोगि सारङ्ग थापालाई आआदर्श नमुना युवा क्लवले ५ हजार रूपया आर्थिक सहयोग गरेको छ ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको उपस्थितिमा म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापा मार्फत उक्त रकम बिरामीका बुवा मदन लाई हस्तान्तरण गरेको क्लवका अध्यक्ष गौरब राज रानाले बताए । दिपावलिमा भैलो खेलेको पैसा मध्येबाट केही रकम हरेक बर्ष सामाजिक काममा खर्च गर्दै आए अनुसार यसपटक बिरामीको उपचारको सहयोगका लागि खर्च गरेको अध्यक्ष रानाले बताए ।

प्रत्येक बर्ष भैलोबाट संकलित रकम मध्ये बाट केही रकम सामाजिक काममा लगाउँदै आएका थियौं अध्यक्ष रानाले भने, त्यहि शिलशिलामा यसपटक पनि आर्थिक अवस्था कमजोर भएको परिवारको बिरामी लाई दिएका हौँ ।

क्लबले गरेको सहयोग प्रति बिरामीका बुवा मदन थापाले खुसि ब्यक्त गर्दै क्लबलाई धन्यवाद दिए । मुटुको बिरामी छोरिको उपचार गर्न धौ धौ परिरहेको बेला क्लवले गरेको सहयोगले आँफुलाइ ठुलो राहत भएको र यसले अन्य ब्यक्ति, संघसस्थाहरू लाई पनि ध्यानाकषिर्त गर्ने थापाले बताए । क्लवले यश अगाडि पनि सामाजिक उत्तरदायित्वको भावना अनुसार विभिन्न ठाउँमा सहयोग गर्दै आईरहेको छ । आदर्श नमुना क्लव म्याग्देमा क्रियशिल क्लव मध्येमा पर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्