मुग्लिनः अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग तथा सँगै जोडिएको मुग्लिन नारायणगढ सडकसमेत अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, गजुरी, बाँदरे लगाएतका ठाउँहमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बन्न पुगेको हो ।
पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ भने राजमार्ग अबरुद्ध हुँदा सयौ सवारी साधनहरु जाममा परेका छन् । पहिरो हटाउने काम शुरु गरिसकेको तर वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।
चार किलोको पहिरोले फेरि जाम
मुग्लिन नारायणगढ सडक खण्डको चारकिलोमा पुनः पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । विहान खसेको पहिरो हटाइए पनि फेरि वर्षाका कारण सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक कञ्चन तामाङले बताए ।
पानी परिरहेकाले पहिरो हटाउन समस्या भए पनि यसपालीको पहिरो सानो भएकाले सडकको अवरोध हट्ने अपेक्षा प्राविधिकको छ ।










