फुस्रेटारवासी भन्छन्, ‘काममा आउनुस् हामी सुरक्षा दिन्छौं’

  • ख-
  • ख+

वन पौडेल
फुस्रेटारः भानु नगरपालिकाले भन्सारबाट सेवा दिन थालेपछि पनि केन्द्र विवाद अझै साम्य भएको छैन । नगरपालिकाले सेवा केन्द्रका रुपमा भन्सारबाट सेवा दिने भने पनि असोजयता जनप्रतिनिधि र शीर्ष कर्मचारी फुस्रेटार गएका छैनन् ।

सुनसान कार्यालय
नगरपालिका कार्यालय सुनसान जस्तै छ । नगरपालिकाको केन्द्र विवाद मन्त्रिपरिषदको हातमा छ । यसबीचमा असोज १ बाट भन्सारको नयाँ सहर आयोजना कार्यालयबाट सेवा दिन थालिएको छ । तर पनि औपचारिक रुपमा भानु नगरपालिकाको केन्द्र फुस्रेटार नै हो ।


सुनसान कार्यालय

आईतबार फुस्रेटार पुग्दा कार्यालयमा एकाध कर्मचारी र नगर प्रहरी मात्र भेटिए । सेवाग्राही नगण्य । एक कर्मचारीले स्वास्थ्य, कृषिसहितका केही शाखाको काम यहाँबाट हुने भनिन् । केन्द्र सार्न नहुने पक्षका भानु २ का वडाध्यक्ष अर्जुन खड्काले कार्यालय सुनसान बनेको बताए । भने,‘सबै उजाड बनिसक्यो ।’

काम गर्ने वातावरण हामी बनाउँछौं’
भानु नगरपालिकाले अपायक परेका क्षेत्रका नागरिकलाई सेवा दिन भन्सारमा कार्यालय खोलिए पनि केन्द्र्र सरि नसकेको उसका निर्णयका प्रतिलिपिले पनि बताउँछन् । मन्त्रिपरिषदले निर्णय नगर्दासम्म केन्द्र फुस्रेटार नै भएकाले यहीं आएर काम गर्नका लागि वडाध्यक्ष खड्काले आग्रह गरे । ‘मेयर साबसहितका प्रतिनिधिले सुरक्षा नभएर नआएको भन्नुभएको रहेछ,’ उनले भने,‘उहाँहरुलाई आक्रमण वा काममा अवरोध गर्ने हाम्रो कुनै योजना छैन ।’

नगरपालिकाका प्रमुख, उप प्रमुखसहितका कर्मचारीको नेम प्लेट नगरपालिकामा छ । तर ती सबैमा ‘बाहिर’ लेखिएको छ । फुस्रेटारमै केन्द्रको माग गदै आएका स्थानीय अझै पनि नगरपालिकाको पुरै काम सोही ठाउँबाट होस् भन्ने चाहन्छन् ।

भानु नगरपालिकाको केन्द्र विवाद समाधानका लागि गठित वार्ता समितिका संयोजक सहदेव अधिकारीले पनि आफूहरु यहींबाट काम होस् भन्ने पक्षमा रहेको बताए । ‘हामीले शान्तिपूर्ण रुपमै विरोध गरेका छौं,’ उनले भने,‘सहमतिकै लागि यत्तिका समय कुर्दा पनि अर्कै बाटोबाट अघि बढेकाले समस्या देखिएको हो ।’ उनले आफूहरुले जनताका प्रतिनिधिलाई काम गर्न कहिल्यै नरोक्ने भन्दै भने,‘आउनुस् । हामी काम गर्ने वातावरण मिलाउँछौं ।’

पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका पदाधिकारी

नगरपालिकाका प्रमुख, उप प्रमुखसहितका कर्मचारीको नेम प्लेट नगरपालिकामा छ । तर ती सबैमा ‘बाहिर’ लेखिएको छ । फुस्रेटारमै केन्द्रको माग गदै आएका स्थानीय अझै पनि नगरपालिकाको पुरै काम सोही ठाउँबाट होस् भन्ने चाहन्छन् ।

संघर्ष समितिका संयोजक भक्तबहादुर कुँवरले आफूहरुले लामो समय सम्म शान्तिपूर्ण आन्दोलन गरेको र त्यो पनि स्थगित गरेका बेला केन्द्र सारिएको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई आएर काम गर्ने वातावरण बनाउने बताए । ‘हाम्रो आन्दोलन केन्द्रको वैधानिकताका विषयमा हो,’ जनप्रतिनिधिलाई अवरोध गर्ने होइन,’ उनले भने,‘हामीले कार्यालयमा काम गर्न रोक्दैनौं ।’

अझै पनि ‘फुस्रेटारमै आशा’
असन्तुष्ट नागरिक छलफल र वार्ता नै नभैकन सरकारबाट पनि निर्णय भै नसकेका बेला केन्द्र सारिनुले आफूहरुलाई ठूलो चोट पुगेको बताउँछन् । उनीहरुको अझै पनि माग छ, केन्द्र फुस्रेटार नै कायम होस् ।

भानु नगरपालिकाले औपचारिक रुपमा केन्द्र नसरेको तर अपायक परेका क्षेत्रलाई भन्सारबाट पनि सेवा दिन थालिएको बताउँछ । तर फुस्रेटारसहितका नगरका पश्चिम क्षेत्रका बासिन्दा यसले पहिले भानु नगरपालिका बन्दाखेरि गरिएको सहमति तोडिएको गुनासो गर्छन् ।

केन्द्रका बारेमा औपचारिक निर्णय मन्त्रिपरिषदले गर्नुअघि भानुको यो केन्द्रको विवादमा मध्यमार्गी बाटो खोजेर संवादको थालनी नगर्दा द्वन्द्व अझ चर्कने देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी