नेकपा सर्लाहीका अध्यक्षद्वारा कोरोना संक्रमित चिकित्सकको ज्यान बचाउन प्लाज्मा दान

  • ख-
  • ख+

काठमाडौं, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले कोरोनाभाइरसका संक्रमितको उपचारका लागि रक्तदान गरेका छन् ।

पन्तले शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रक्तदान गरेका हुन् । प्लाज्मा चिकित्सा पद्धतिबाट कोरोना संक्रमितको उपचारका लागि पन्तले रक्तदान गरेको जनाइएको छ ।

अध्यक्ष पन्तलाई कोरोना संक्रमण भएको थियो । घरमै आइसोलेनमा बसेर पन्तले कोरोना जितेका थिए ।

कोभिड–१९ मुक्त भएका मानिसको शरीरमा बनेको रोगसँग लड्न सक्ने शक्ति अर्थात प्लाज्मालाई अर्को संक्रमित बिरामीलाई दिँदा निको हुने संभावना धेरै हुन्छ । प्लाज्मा थेरापी रगतका माध्यमले दिइन्छ ।

पन्तले दिएको प्लाज्मालाई झापा घरभै टिचिङ्ग अस्पतालमा कार्यरत कोभिड–१९ उपचारका संयोजक डा.जयश्री प्रसाइँलाई दिइनेछ । डा.प्रसाइँको त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचार भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी