तनहुँ हाईड्रोबाट थिकेलाई हटाउँदा के प्रभाव पर्ला ?

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
तनहुँ जलविद्युत कम्पनीमा प्रवन्ध सञ्चालक परिवर्तनको चर्चा शुरु भएको छ । हालका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेको साटो किरणकुमार श्रेष्ठलाई लैजाने प्रस्ताव कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरेको भए पनि कानूनी अड्चनका कारण रोकिएको खबर ईकागज अनलाईनमा प्रकाशित भएको छ ।


यस खबरसँगै आयोजनाको सञ्चालक संस्था तनहुँ हाईड्रोका प्रवन्ध सञ्चालक परिवर्तनको विषय सतहमा आएको छ । शुरुमा संस्थापक आयोजना प्रमुख महेश आचार्य अख्तियारमा मुद्दा परे पछि सुनिल ढुंगेलले कमाण्ड सम्हालेका थिए ।

ढुंगेलको अवकाशअघि थिके तनहुँ हाइड्रोपावरको प्रवन्ध सञ्चालक भएका हुन् । झण्डै चार वर्ष कार्यकाल चलाएका थिकेलाई उर्जामन्त्री पम्फा भुषालले परिवर्तन गराउन खोजेको चर्चा राजनीतिवृत्तमा छ ।


काम गर्ने पक्षमा चिनिएका घिसिङ आएमा लकडाउनका अवधिमा पनि आयोजनालाई गति दिएका थिकेलाई नै निरन्तरता दिने सम्भावना उच्च रहेको प्राधिकरण श्रोत बताउँछ ।
तर यसमा मन्त्री भुषालबाट पर्नसक्ने दबाबले भने भूमिका खेल्न सक्ने हाइड्रोपावर श्रोत बताउँछ ।

उनको ठाउँमा साञ्जेनबाट राजीनामा दिई प्राधिकरणको इन्जिनियरिङमा आएका किरणकुमार श्रेष्ठलाई लैजाने प्रस्ताव गरिए पनि प्राधिकरणको विनियमअनुसार नमिल्ने देखिएकाले तत्काल सम्भावना टरे पनि मन्त्री भुषाल उनको विकल्प खोज्ने तयारीमा रहेको बुझिन्छ ।


तर यसबीचमा प्रधानमन्त्रीको ठाडो आदेशमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिका लागि प्रक्रिया अघि बढेसँगै अब थिकेको थमौती हुन्छ वा उनको विकल्पमा अरु कोही अरु आउला अझै अनुमानमै सीमित छ ।


पहिले घिसिङले आफैंले नियुक्ति दिएका थिकेका पक्षमा निर्णय गर्लान् वा नगर्लान् वा उनको नियुक्ति होला नहोला नै अहिल्यै प्रष्ट छैन । काम गर्ने पक्षमा चिनिएका घिसिङ आएमा लकडाउनका अवधिमा पनि आयोजनालाई गति दिएका थिकेलाई नै निरन्तरता दिने सम्भावना उच्च रहेको प्राधिकरण श्रोत बताउँछ ।

तर यसमा मन्त्री भुषालबाट पर्नसक्ने दबाबले भने भूमिका खेल्न सक्ने हाइड्रोपावर श्रोत बताउँछ । एक सय ४० मेगावाट क्षमताको आयोजनामा अहिल्यै हस्तक्षेप भएमा पटक पटक उर्जा मन्त्रालयको हस्तक्षेप र ढिलाईका कारण ढिलो र लागत महँगो हुँदै गएको आयोजना फेरि अर्को संकटमा पर्न सक्ने चिन्ता पनि छाएको छ ।

तर तत्कालीन ओली सरकारका समयमा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानसँग निकट भएको आरोप भने थिकेमाथि छ ।

आयोजनाको नदी फर्काउने, १४० मि. अग्लो बाँधलगायतका पहिलो प्याकेजका संरचना हेडवक्र्स निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.) लि.नेपाल जे.भीसँग ९ चैत २०७७ मा ठेक्का सम्झौता भएको थियो ।

५० करोड ५० लाख अमेरिकी डलरमा बन्न लागेको आयोजनाका लागि एडीबी, जाईका, युरोपियन इन्भेष्टमेन्ट फण्डसँगै नेपाल सरकार र प्राधिकरण समेतको लगानी छ ।

‘हामी कर्मचारी हौं, जे आदेश आउँछ, पालना गर्छौं’


प्रदीपकुमार थिके


नेपाल विद्युत प्राधिकरणको मातहतमा तनहुँ जलविद्युत आयोजना चलिरहेको छ । हामी प्राधिकरणका कर्मचारी हौं । यदि हामीलाई सरुवा भए हामीले मान्नुपर्ने हुन्छ । चार वर्ष मैले यहाँ काम गर्दा कठिन अवस्थामा पनि निर्माणको काम अघि बढिरहेको छ ।

लकडाउनका क्रममा पनि कामलाई खास असर पर्न दिइएको छैन । अहिले सुरुङ मार्ग, बाँधस्थलको बाटो अदिका काम भएका छन् । काम भैरहेका बेला नयाँ संरचना बन्दा नयाँ मानिस आएमा बुझ्न समय लाग्ने र अरु समस्या रहन्छ भन्ने हो ।

म कर्मचारी हुँ जहाँ गए पनि प्राधिकरणकै काम गर्ने हो, जे निर्णय आउँछ मसँग स्विकार्नुको विकल्प छैन ।
(दमौली न्युजसँगको कुराकानीमा आधारित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी