भूकम्पको केन्द्र सिन्धुपाल्चोक: ६ म्याग्निच्युड

  • ख-
  • ख+

दमौली: बुधबार विहान गएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक रहेको खुलेको छ । सिन्धुपाल्चोकक राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा अनुभव भएको थियो ।

एकाबिहानै भूकम्प गएपछि काठमाडौं र आसपासका क्षेत्रका हल्लीखल्ली मच्चिएको थियो । भूकम्पको धक्का दमौलीमा पनि महसुस भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्