कांग्रेस व्यास नगर अधिवेशनः ‘सहमति नभए चुनावी मैदान’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास नगर सभापतिका आकांक्षीहरुले आफ्ना पक्षमा सहमति नभए चुनावी मैदानमा जाने बताएका छन् । तनहुँ टेलिभिजनको कार्यक्रम सम्वादका लागि पत्रकार पवन पौडेललाई दिएको अन्र्तवार्तामा उनीहरुले आफू नै अब्बल भएको दावी गरे ।


सभापतिका प्रत्यासी सूर्यचन्द्र हड्खलेले आफूलाई सबै नेताको विश्वास र समर्थन पाएको दाबी गरे । ‘मलाई शीर्ष नेताहरुको साथ र समर्थन छ,’ उनल भने,‘म मेरै नाममा सहमति हुनेमा आशावादी छु । ’

अर्का प्रत्यासी डम्बर अधिकारीले आफू कुनै नेता मात्र नभै सबैको साझा उम्मेदवार भएको भन्दै आफूबेगरको सहमति मान्य नहुने बताए । ‘म सहमतिको पक्षमा छु,’ उनले भने,‘तर मबेगर सहमति भएमा प्रजातान्त्रिक पद्दती अपनाउँछु ।’

प्रत्यासी डा. शेषरमण न्यौपानेले भने आफ्नो अनुभव र योग्यताका आधारमा आफू आशावादी रहेको भन्दै सर्वसम्मतिका लागि सघाउन तयार रहेको बताए ।
उनीहरुसँगको सम्वाद शनिबार राती ७ः४० र ९ः २० मा प्रशारण हुने तनहुँ टेलिभिजनले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी