गण्डकीका नवनियुक्त मन्त्रीको यस्तो छ कार्यविभाजन

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त र यसअघि विभाग नतोकिएका मन्त्रीको कार्यविभाजन तोकेकोमा प्रदेश प्रमुख सीता नेपालीले सदर गरेकी छन् ।


अब कुमार खड्का दोश्रो वरियतामा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् । यसैगरी रामजी बराल अर्थ, हरिशरण आचार्य उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री तय भएका छन् ।


मणिभद्र शर्मालाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, मेखलाल श्रेष्ठलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास तोकिएको छ । चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण पाउँदा बिन्दु थापाले कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका छन् ।

दिपक थापाले वन वातावरण तथा भु संरक्षणको जिम्मा पाएका छन् । मधु अधिकारी गुरुङको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राविन गुरुङको भने यस अघि नै युवा तथा खेलकुद तय भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी