एमाले अध्यक्ष ओलीको घोषणाः ‘बाटो बिराएका सबैलाई माफी’

  • ख-
  • ख+

काठमाडौंः एमाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रमक देखिँदै आएका पार्टी अध्यक्ष केपी ओलीले उनीसहित उनको समूहलाई आममाफी दिने बताएका छन्।

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल समूहलाई लक्षित गर्दै बाटो बिराएका, भड्किएका सबैलाई आममाफी दिने बताएका हुन्।

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई माफी भयो,’ उनले भने।

उनले आन्दोलनलाई सफल पार्न पनि सबैलाई एकजुट भएर अघि बढ्न, मिलेर काम गर्न आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी