कांग्रेस नेता जोशीको आह्वानः सबै साथीहरु निरपेक्ष रहनुहोला (विज्ञप्तिसहित)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले कांंग्रेसको आसन्न जिल्ला अधिवेशनमा आफ्नो कसैलाई समर्थन र विरोध नरहेको बताएका छन् ।

आज एक विज्ञप्ति निकाल्दै उनले पार्टीको क्रियाशिल सदस्यता वितरणमा आफ्ना नेता कार्यकर्ताहरु सहभागी नहुने अवस्था आएको भन्दै अधिवेशनमा सहभागी नहुने दुःखद् अवस्था आएको उल्लेख गरेका छन् ।


नेता जोशीले आफ्नो विज्ञप्तिमा केन्द्रीय नेतृत्वमा रहेका केही व्यक्तिको स्वार्थका कारण पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आफूसहितका व्यक्तिहरुले क्रियाशील सदस्य नविकरण नगर्नु र नगराउनुका कारण उहाँहरू १४औं महधिवेशनबाट विमुख हुनुपरेको उल्लेख गरेका छन् ।


२२०० ( दुईहजार दुईसय) नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आफनो साधारण सदस्य समेतवाट नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा दिंदा पनि पार्टीको केन्द्रीय नेतृत्व संवेदनहिन भएर किन मौन रहेको भन्दै पार्टीको १४ औं महाधिवेशन तनहूँ जिल्लाका इमान्दार कार्यकर्ताहरूको लागि अध्यारो दिन त हुने उल्लेख गरिएको छ ।


विज्ञप्तिमा जोशीले कोही आफ्नो र कोही पराइ नभएको भन्दै आफूहरुका लागि यो अधिवेशनमा सहभागी हुने सबै समान भन्दै सबलाई निरपेक्ष रहन आहवान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी