कांग्रेस अधिवेशनः ऋषिङमा सर्वसम्मत नेतृत्व छान्ने निर्णय

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ
ऋषिङः
आसन्न वडा र स्थानीय तह अधिवेशनको पूर्वसन्ध्यामा तनहुँको ऋषिङमा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरिएको छ ।
गाउँ सभापति रामनाथ काफ्लेको सभापतित्वमा बसेको कार्य समितिको बैठकले सबै वडाबाट सर्वसम्मत नेतृत्व छान्ने निर्णय गरेको छ ।


यसका लागि आठवटै वडामा संयोजक चयन गरिएको छ । सबै पदाधिकारीका लागि वडाले सर्वसम्मत कार्य समिति चयन गर्ने र गाउँले अनुमोदन गर्ने सहमति बैठकमा भएको सभापति काफ्लेले दमौली न्युजलाई जानकारी दिए ।

वडा पछि गाउँ अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी