विचार

गल गुरुङ
हामी अहिले चालु आर्थिक वर्षमा संचालित विकासे आयोजनाहरुको स्थलगत अनुगमनको क्रममा छौं । गण्डकी प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति तनहुँका प्रमुख, पूर्वाधार विकास कार्यालय तनहुँका कर्मचारी सहितको टिम तनहुँको पश्चिम दक्षिणी भेग ऋषिङको वडा न ६ देखि लिएर घिरिङ वडा न ५ हुँदै भिमादको स्याङ्जा बोर्डर छुने बडहरभञ्ज्याङ् वडा नम्बर १ र अर्को स्याङ्जाको बोर्डर छुने भिमादकै भानुमती सखेप सम्म पुग्यौं ।

कुनै पनि आयोजनाको अनुगमनको लागि गाडिबाट पैदल हिंड्नु परेन सबै आयोजनाहरुको सहज तवरले अनुगमन सम्पन्न गरियो । पछिल्लो समय विशेष गरेर गण्डकी प्रदेशमा परेको अविरल वर्षाका कारण तनहुँमा अधिकांश ठाउँमा क्षति पु¥याएको छ । यो समय वर्षाका कारण धेरै ठाउँमा पहिरो गएका कारण सदरमुकामबाट जिल्लाको कुनै पनि ठाउँमा सहज रूपमा पुग्न सक्ने अवस्था छैन भन्ने कुरा त विभिन्न मिडियाहरुले सम्प्रेषण गरेको फोटो समाचारबाट पनि थाहा पाउन सक्छौं । तर यस्तो प्रतिकूल समयमा पनि हामी हामीले सवारी साधनबाटै अनुगमन गर्न सक्यौंै ।

यस्तो प्रतिकूल समयमा पनि हामी हामीले सवारी साधनबाटै अनुगमन गर्न सक्यौंै ।
यसले यातायात सुगमता बढाएको कुरालाई पुष्टि गरेको छ । तर पनि सबै ठाउँमा बाह्रैमास सहज यातायात चल्ने अवस्था भने विकास हुन सकिरहकेो छैन । यस्तोमा बाटाघाटामा हालिने बजेटमा बुद्धिमत्ता पु¥याउने हो भने तनहुँ सहज यातायात सञ्जाल भएको जिल्लामा दरिन सक्छ ।


यसले यातायात सुगमता बढाएको कुरालाई पुष्टि गरेको छ । तर पनि सबै ठाउँमा बाह्रैमास सहज यातायात चल्ने अवस्था भने विकास हुन सकिरहकेो छैन । यस्तोमा बाटाघाटामा हालिने बजेटमा बुद्धिमत्ता पु¥याउने हो भने तनहुँ सहज यातायात सञ्जाल भएको जिल्लामा दरिन सक्छ ।
विकास बजेट सिध्याउनलाई जहाँ पायो त्यही बिजुली पोल गाड्ने जहाँ पायो तेतै डोजर लगाएर खन्ने गर्नु भन्दा विज्ञ ल्याएर सम्बन्धित ठाउँको सामान्य भौगोलिक स्थिति अध्ययन गरेर सडक सञ्जाल विस्तार त बिजुलीको खम्बाहरु गाडियो भने अहिलेको स्थितिबाट धेरै राहत हुने थियो ।

कछार भनेर चिनिने उत्तरले गरेको विकासबाट त्योभन्दा अघि विकासमा पाईला बढी लम्काएको दक्षिणले सिको गर्नु जरुरी छ । समयमै यसबारेमा गम्भीरतापूर्वक नसोचिने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न ।


पहिला पहिला उत्तरी भेगका हामीले म अनुगमनमा पुगेको ठाउँहरुलाई एकदम दुर्गम, कछाड भनेर सम्बोधन गथ्यौं । हाम्रो उत्तरी भेगमा बत्तीको लाईन र मोटर घोरेटो बाटो कोरिदा यो भेगमा गोरेटो बाटो अनि बत्तीको लाइनको नामोनिसान थिएन अहिले यस्तो अवस्थामा पनि यो भेगको विभिन्न ठाउँहरुमा अनुगमनको क्रममा पुग्दा कतै पैदल हिंड्न नपर्दा आफैंलाई अचम्म लाग्यो । यो स्थानीय सरकार बने पछि देखिएको परिवर्तन हो ।


हाम्रो उत्तरी भेगमा २९÷३० वर्ष अगाडि कोरिएको मोटर मार्ग अहिले पनि ज्युँका त्युँ छन् । दक्षिणी भेगमा एक वर्ष अगाडि अनुगमनमा जाँदा कोरिएका मोटर मार्ग अहिले अनुगमन जादा पक्की भएको देख्न पाइयो । यो भेगका जनताले सडक सञ्जालको मात्रा हैन सबै खाले विकासको अनुभव गर्न पाएका छन् भन्ने उनीहरुकै मुखबाट प्रत्यक्ष सुन्न पाईयो । त्यसैले साविक क्षेत्र न १ उत्तरी भेगका जनता एकजुट भएर सबै पार्टीका नेतृत्वलाई आ आफ्नो ठाउँबाट खबरदारी गर्न अग्रसरता देखाउन आवश्यक देखिन्छ ।

कछार भनेर चिनिने दक्षिणले गरेको विकासबाट त्योभन्दा अघि विकासमा पाईला बढी लम्काएको
उत्तरले सिको गर्नु जरुरी छ । समयमै यसबारेमा गम्भीरतापूर्वक नसोचिने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न ।

(लेखक जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता हुन् )

अन्तिम पटक अध्यावधिक गरिएको 140 Viewed

प्रतिक्रिया दिनुहोस्