पर्यटन व्यवसाय जोगाउन राज्यले कर र भाडा छुट गर्नुपर्छ

  • ख-
  • ख+

बिपिन प्रधान
केही समयको अन्तरालमा दुई वर्षदेखि लगातार चलिरहेको कोभिड केन्द्रीत निषेधाज्ञाका कारण नेपालको पर्यटन क्षेत्र ठप्पप्रायः छ ।


अघिल्लो पटकको लकडाउन बाट थला परेको पर्यटन क्षेत्रले सुस्त सुस्त गति लिन लागेको बेलामा फेरि अर्को लकडाउनले ओच्छ्यानमै पुग्ने गरी थला परेको छ । पर्यटनसँग सम्बन्धित व्यवसाय पक्कै पनि अरु भन्दा फरक छ । यसलाई पुरानै ठाउँमा ल्याउन फेरि वर्षौं लाग्नसक्ने हुनाले आम व्यवसायी चिन्तित छन् । यसबाट सबैभन्दा बढी होटल व्यवसायी मारमा परेको देखिन्छ ।


लाखौं तथा करोडौँ कर्जा लिइ व्यवसाय गरेका नयाँ तथा पुराना सबै व्यवसायी धरासायी भइ छट्पटाइरहेको भए पनि बाध्यताले आफ्नो इमानदारीता र कर्तव्य पूरा गर्न बैंक किस्ता, व्यवसाय कर, घर भाडा आदि तिर्नुपर्ने हुन्छ । यस्तोमा होटलहरू सबै ठप्प छन् ।

अब राज्यले बैंकिङ सुविधा सहज बनाउने, किस्ताको समयावधि बढाउनुपर्ने, ब्याजदर घटाउने, व्यवसायीक कर मिनाहा गर्ने र सरोकारवालासँग सहकार्य गरेर वर्गीकरण गरी प्रतिशतका आधारमा भाडा छुटको व्यवस्था मिलाउनुपर्दछ ।

यस्तो अप्ट्यारो परिस्थितिमा सबै तिरका कर तिर्न गा¥हो भइरहेको परिस्थितिमा यसको सहजीकरण र व्यवस्थापन तथा राहत सम्बन्धमा राज्यले महत्त्वपूर्ण भुमिका खेल्नुपर्दछ र खुकुलो नीति अपनाउनु पर्दछ ।

लकडाउनका कारण सुनसानप्रायः तनहुँको पर्यटकीय बन्दीपुर बजार ।
तस्बिरः दमौली न्युज

अब राज्यले बैंकिङ सुविधा सहज बनाउने, किस्ताको समयावधि बढाउनुपर्ने, ब्याजदर घटाउने, व्यवसायीक कर मिनाहा गर्ने र सरोकारवालासँग सहकार्य गरेर वर्गीकरण गरी प्रतिशतका आधारमा भाडा छुटको व्यवस्था मिलाउनुपर्दछ । यसबाट नै व्यवसायी बच्छन् र हामीले पर्यटन उद्योगलाई बचाउन सकिन्छ ।


पर्यटन राष्ट्रको अर्थतन्त्रको मेरूदण्ड हो, यसले राष्ट्रको आर्थिक उन्नति विकास निर्माण देखि रोजगारीमा महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । यसबाट नै सम्पुर्ण क्षेत्र चलायमान बनाउन सकिन्छ ।

नयाँ सोच र विचारका साथ स्थानीय, प्रदेशदेखि केन्द्र सरकारले आ–आफ्नो ठाउँबाट भूमिका खेले मात्र देशको अर्थतन्त्र, पर्यटन अनि व्यवसायी जोगिनेछन् ।

(लेखक क्षेत्रीय होटल संघतनहुँ बन्दीपुर एकाईका सभापति हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी