‘असारे विकास’, दुर्घटना र ढुकुटीको स्वाहा

  • ख-
  • ख+

संजय श्रेष्ठ
वैशाख र अझ खासगरी जेठ महिना लागेपछि विकासका काम बढ्ने देशको पुरानै रोग हो । हरेक वर्ष यस्ता नाउँमा अर्र्बौं बजेट सक्ने वा सकाउने काम हुन्छ । खासगरी सडकको निर्माण र पुननिर्माण वर्षाले पनि प्रभावित गर्ने भएकाले वर्षामा गर्दा लगानी खेर जाने विभिन्न अध्ययनले देखाएका छन् । सबैसामु ‘ओपन सेक्रेट’ भएको यस्तो प्रवृत्ति रोकिने छाँटकाट अझै देखिएको छैन ।

सिधै प्रसंगमा आऔं । दमौली र आसपासको पृथ्वीराजमार्गमा अहिले त्यस्तै ‘असारे विकास’ले तीव्रता पाएको छ । खासगरी बजार क्षेत्रको पृथ्वी राजमार्गमा अहिले धमाधम रोडा थप्ने काम भैरहेको छ ।


ठेक्कावाला कम्पनीले धमाधम पानी पर्दा समेत अलकत्रा बिछ्याउन छाडेन । यसरी गरिएको कामको गुणस्तरबारे प्रश्न गर्न न कुनै सरकारी निकायलाई फुर्सद छ न त सडक डिभिजनका कर्मचारीलाई नै छ ।

ठेक्कावाला कम्पनीले धमाधम पानी पर्दा समेत अलकत्रा बिछ्याउन छाडेन । यसरी गरिएको कामको गुणस्तरबारे प्रश्न गर्न न कुनै सरकारी निकायलाई फुर्सद छ न त सडक डिभिजनका कर्मचारीलाई नै छ । धमाधम अलकत्रा हाली लोडरले अचेटेसँगै सडकको दुवै छेउमा टनाटन मसिना बालुवा थुप्रिन थाले ।

निर्माण कम्पनीले सो छेउ छाउमा जम्मा भएको बालुवा र अलकत्रा हटाउने वा सडक सफा नगरी अगाडि बढ्दै जाँदा सडक दुर्घटना हुने सम्भावना अत्यन्तै बढेको छ । यसरी थुप्रिएका अलकत्राले साना दुई पांग्रे सवारीलाई अत्यन्तै जोखिम बढाएको छ ।


निर्माण कम्पनीले आफ्नो ठेक्का सम्पन्न गर्ने र रकम हजम गर्ने चक्करमा सवारी दुर्घटनाको जोखिम बढाएको बारे भने सरोकारवाला निकायले ख्याल नै गर्दैन ।


सडकमा साना दुई पांग्रे सवारी गुडाउने जो कोहीले पनि सहजै अनुभव गरेका छन् । निर्माण कम्पनीले आफ्नो ठेक्का सम्पन्न गर्ने र रकम हजम गर्ने चक्करमा सवारी दुर्घटनाको जोखिम बढाएको बारे भने सरोकारवाला निकायले ख्याल नै गर्दैन ।


किनकी सरोकारवाला सरकारी निकाय र कर्मचारी ठूला र चिल्ला गाडीमा हुइकिने गर्छन् । साना सवारी प्रयोग गर्नै नपर्नेले सवारी दुर्घटनाको जोखिमको अनुभव गरुन पनि कसरी ? असारे विकासले बढाएको जोखिम र निम्तिएको समस्यालाई कसले सम्बोधन गर्ने, भोलिका दिनमा भवितव्य अप्रिय दुर्घटना भएको खण्डमा निर्माण कम्पनी र सडक डिभिजनले जवाफदेही हुने की नहुने ?


सडकको गुणस्तर र निर्माण बारे अनुगमन र भएका कमी कमजोरीलाई सुल्झाउन श्री ५ को सरकार नै आउनु पर्ने हो की स्थानिय तह र जिम्मेवार निकाय पनि छ तनहूँमा ?
पर्याप्त समय हुँदा कामदार अभाव र कोभिंडको संक्रमण जस्ता अनेक थरी बहाना देखाउने र अन्त्यमा आफ्ना प्रिय पात्र र साठ गाठ मिल्ने कम्पनीका ठग्दारहरुलाई बजेट सक्न र काम देखाउन कै लागि दिइने यस किसिमका योजनाले कहिले सम्म निरन्तरता पाउने हो ।

यस किसिमको असारे विकास र अन्धाधुन्ध विकास निर्माण देश भरका हरेक क्षेत्रमा देख्न सकिन्छ ।


भवन निर्माण, पुल पूलेसा, सडक देखि लिएर सरकारी योजना सम्मका हजारौं शीर्षकमा असारे विकासले सिङ्गो देशको अर्थ तन्त्रमा धमिरा लागे सरी खोक्राउने र चुहावटको काम भन्दा केही गरेको छैन् । यसर्थ विकासका नाउँमा भएका बजेट दोहन र क्षयलाई कहिले सम्म टुलुटुलु हेरेर बस्नु पर्ने हो । असार मसान्तमा मात्र देखिने विकासे चटारोलाई कहिले र कसले लगाम लगाउँछ आफैमा शोधको विषय बनेको छ ।


अन्त्यमा, हे अगस्त्य मुनी ठेकेदारज्यू आज्ञा गर्नुहुन्छ फलानो सडक खण्डको ठेक्का फलानो कम्पनीलाई स्वाहा !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी