असोज मध्यसम्ममा विद्यालय र क्याम्पस दुवैको भर्ना सक्न आग्रह

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको शिक्षा समितिले असोज ५ गते सम्ममा विद्यालय तथा १५ सम्ममा क्याम्पस तहमा भर्ना सक्नका लागि विद्यालयहरुसँग आग्रह गरेको छ । बुधबार नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको समितिको बैठकले सम्बन्धित विद्यालय, अभिभावक र विद्यार्थीले विद्यालय भर्ना अभियान कार्यक्रमको लागि भौतिक दुरी तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

यसैगरी, बैठकले वैकल्पिक शिक्षा प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउनका भन्दै पाँच सदस्यीय समिति गठन गरेको छ । नगरका शिक्षा शाखा प्रमुख नगेन्द्र प्रसाद रेग्मी संयोजक रहेको समितिमा सत्यवती माविका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, वेदव्यास प्राविकी सहायक प्रधानाध्यापक कल्पना घिमिरे, एनप्याब्सन उपाध्यक्ष विश्वेश्वर खनाल, प्याब्सन सदस्य बिना कैनी सदस्य छन् ।


समितिमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र शिक्षक महास.घ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल आमन्त्रित सल्लाहकार छन् ।


समितिले भाद्र ३१ भित्र वैकल्पिक शिक्षाका के कस्तो विधि अपनाउन सकिन्छ राय पेश गर्ने नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी