दमौलीमा अब अर्को दुर्घटना नकुरौं

  • ख-
  • ख+

रबिन पौडेल
विगत तीन वर्षयता आधिकारिक निकायमा लिखित र मौखिक रुपमा राखेको यो विषयबारे आज सार्वजनिक बहस् निम्ति पुनः लेख्ने जमर्को गरेको छु । दमौलीमा रहेको अव्यवस्थित तारलाई व्यवस्थापन गर्न व्यक्तिगत रुपमा गरेको आग्रह पश्चात् विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरु मध्ये वल्र्ड लिंक मात्र तयार भएका कारण वडा नं. ३ मा छरिएर रहेका तारलाई व्यवस्थापन गर्ने कार्य गरिएको थियो । तर पुराना काम नलाग्ने तार निकाल्ने र पोलहरुमा अनावश्यक रुपमा थुपारिएका तारको व्यवस्थापन गर्ने कार्य भने प्रगति उन्मुख हुन सकेन ।

सोहि प्रयोजनका लागि व्यास नगरपालिकाको नगरसभाहरुमा मैले नपाले नै अप्टिकल फाइबर विच्छ्याउने र निजी इन्टरनेट प्रदायक कम्पनीहरुले सोहि अप्टिकल फाइबरमा आँफुलाई आवश्यक पर्ने कोर मासिक वा वार्षिक रुपमा भाडामा प्रयोग गर्ने विकल्प प्रस्तुत गरेको थिएँ ।

सोहि प्रयोजनका लागि व्यास नगरपालिकाको नगरसभाहरुमा मैले नपाले नै अप्टिकल फाइबर विच्छ्याउने र निजी इन्टरनेट प्रदायक कम्पनीहरुले सोहि अप्टिकल फाइबरमा आँफुलाई आवश्यक पर्ने कोर मासिक वा वार्षिक रुपमा भाडामा प्रयोग गर्ने विकल्प प्रस्तुत गरेको थिएँ । उक्त प्रस्तावले ठोस रुप लिन नसके पनि मैले सामान्य प्रयासबाट समेत समाधान हुन सक्ने अर्को विकल्प पनि ओँल्याएको थिएँ ,जसबारे आज यहाँ चर्चा गर्नेछु ।



मुकदर्शक नै भएर बस्ने ?

अव्यवस्थित तारका कारण धेरै पटक दमौलीमा आगलागीका घटना भएका छन् भने हालसालै अरु दुई आगलागीका घटना घटेका छन् । तसर्थ तत्काल यो विषय सम्बोधन भएन भने यस्ता घटना दोहोरिरहनेछन् । अनि यस्तोमा हामी मुकदर्शक नै भएर बस्ने त ?


सोहि विषयलाई लिएर नगरपालिकाले आयोजना गरेको वैठकमा सबै इन्टरनेट प्रदायकहरु उपस्थित नहूँदा ठोस निष्कर्ष निस्कन सकेन त्यस्तै नेपाल विद्युत प्राधिकरणले पटक–पटक बैठक आयोजना गरेको थियो । विद्यूत प्राधिकरणको वैठकमा पनि एकाध भन्दा बढीको उपस्थिति हुन सकेन । विद्यूत प्राधिकारणले त भाडा समेत लिनुपर्ने भएकाले कार्यालयमा सम्पर्क गर्न र नविकरण गर्न पटक पटक सुचना प्रकाशित गरेर अटेर गरे तार काटिदिने सुचना समेत पटक पटक प्रकाशित गरिसकेको पनि हो । तर अझैसम्म न तार काटियो, न व्यवस्थापन नै गरियो ।


बजारका अव्यवस्थित तारलाई सहजै व्यवस्थापन गर्न सकिन्छ
दमौलीमा टेलिकमको स्थापनाकाल देखि टाँगिएका टेलिफोनका तार दशकौंसम्म पनि टाँगिएकै छन्, जसको हाल कुनै उपयोगिता छैन । तसर्थ पुराना टेलिफोनका तार विस्थापन कार्यमा नेपाल टेलिकम जिम्मेवार बन्नै पर्दछ ।

त्यस्तै व्यास केबल, सिम टिभीलगायत अन्य केही इन्टरनेट प्रदायकहरुको अहिले प्रयोगमा नआएका तारहरु पनि दर्जनाँै छन्, जसको प्रमाण सफासडकमा आगलागी भए पछिको तारको संख्या हेर्ने हो भने प्रष्टै हुन्छ ।
अर्को समस्या वा हेलचक्र्याइँ के हो भने भुुइँमा काम गर्ने प्रयोजनका लागि तारको रोल नै पोलमा झुण्डयाउने प्रवृति, यस्लाई पनि सामान्य कुराले हटाउन सकिन्छ त्यस्का लागि हाल भ¥याङको प्रयोग गर्ने स्थानमा स्ट्याण्डको प्रयोग गरी मर्मत स्ट्याण्ड माथि बसेर गर्ने हो भने पोलमा अनावश्यक रोल राख्नै पर्दैन ।


यति सामान्य विषयमा इन्टरनेट प्रदायकहरु गम्भीर नबनिदिंदा दमौलीमा आगलागीका घटना दोहोरिएका छन् भने शहरको सौन्दर्यतामा पनि तारका गुजुल्टा बाधक बनेका छन् ।


त्यसैले, सबै इन्टरनेट प्रदायकहरु जुटेर प्रत्येक कम्पनीले दुई तीन जना कर्मचारी मात्र खटाउने हो भने साता दिनभित्र दमौलीभरका अनावश्यक तार निकाल्न सकिन्छ, तसर्थ अब ढिला नगरौँ, वा अर्को दुुर्घटना कुरेर बसौँ । अस्तु !

(लेखक व्यास नगर सभा सदस्य हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी