नेताज्यू ! कोरोना कहरमा पहिला जनता जोगाउनुस, राजनीति पछि गरौंला

  • ख-
  • ख+

गगन पाण्डे

कोरोनाबाट सारा नेपाल अस्तव्यस्त छ। सवारी साधन चलेको छैन। देशमा लकडाउन गरिएको छ । आन्तरिक र बाह्य हवाई उडान पनि बन्द छ। कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ। मृत्यु हुने संख्या पनि दिन प्रति दिन बढ्दै । मान्छे आतिएका छन्, आफन्त गुमाउन परेको बज्रपात अनि लकडाउनमा भोकमरीको चपेटामा परेका छन् । सत्तामा बसेका नेतालाई कुर्ची जोगाउन पर्ने गरिब जनता कोहि उपचार नपाएर त कोहि भोकभोकै मर्नु पर्ने अवस्था छ। कोरोना लाग्यो उपचार गर्न सरकारी अस्पताल जाउ जिउदै फर्केर आउने ग्यारेन्टी छैन । निजि अस्पताल जाउँ धोति न टोपी पर्छ। जाने त कहाँ जाने ?

देशमा विपद् आइलागेको बेलामा सरकार स्थिर छैन। विकसित देशमा त विपद आइलाग्न सक्छ भन्ने हिसाबले पनि सरकार पूर्व तयारीका साथ बस्छन्। तर हाम्रो देशमा त अहिलेको कोहि व्यक्ति कोरोना संक्रमित भयो भने भेण्टीलेटरमा लगेर राख्न पनि मन्त्रीको बल प्रयोग गर्न पर्छ। एउटा कोरोना संक्रमितको शव माथि त राजनीति हुने रैछ।

विकसित देशमा त विपद आइलाग्न सक्छ भन्ने हिसाबले पनि सरकार पूर्व तयारीका साथ बस्छन्। तर हाम्रो देशमा त अहिलेको कोहि व्यक्ति कोरोना संक्रमित भयो भने भेण्टीलेटरमा लगेर राख्न पनि मन्त्रीको बल प्रयोग गर्न पर्छ। एउटा कोरोना संक्रमितको शव माथि त राजनीति हुने रैछ।

केहि दिन पहिला कोरोना संक्रमित शवलाइ हिन्दु परमपरा अनुसार जलाउन भनेर घाटमा लाग्यो तर घाटमा किटाणू रहन सक्ने भएकाले घाट भन्दा पर शवको दाहासंस्कार गर्ने कुरा भयो। शवको दाहासंस्कारको लागि चिता बनाउने काम सकिए पछि स्थानीयको शव जलाउन नदिने कुरा आयो । कारण शव कोरोना संक्रमित थियो। स्थानीयको भनाइ कोरोनाको किटाणु हावाको माध्यमबाट हाम्रो घर घरमा पुग्छ भन्ने कुरा थियो। त्यसपछि तनाव सिर्जना न होस् भनेर प्रहरी परिचालन गरिएको थियो। अनि केहि बेरमा स्थानीय जनप्रतिनिधि आएर बनाएको चितालाइ भत्काएर अर्को ठाउँमा जनप्रतिनिधि र स्थानीयको सहयोगमा फेरी चिता बनाएर शवको दाहासंस्कार नेपाली सेनाद्वारा गारियो।

यो समस्या कुनै निश्चित ठाउको भन्दा पनि पुरै देशको अवस्था दर्शाउँछ। कोरोना संक्रमित शवलाई व्यवस्थित गर्न सकिएको छैन। कोरोना लागेर निको भएर आएका मान्छेको कुरा सुन्दा मनमा चिसो पस्छ। आफ्नो आखा अगाडी घिटीघिटी भएर प्राण छोडेको देख्दा आँखाभरि आँशू आउँछ। अक्सिजन नपाएर मान्छे मरेका छन। दुखेको घाउमा मलम लगाउन मित्र रास्ट्र र खाडि
मुलुकमा काम गर्न दाजुभाइ तथा दिदीबैनीहरुले अक्सिजन सिलिन्डर पठाउनु भाको छ।
देशको अर्थतंत्र र स्वास्थ्य क्षेत्रमा संकट आइलागेर्को छ। कोरोन लागेका मानिसलाइ समाज र आफन्तले तिरस्कार गर्ने गर्छन। अब झन् स्वास्थ्य क्षेत्रमा रहेका डाक्टर,नर्स लाइ समाजले हेर्ने नजर पनि फरक छ । डाक्टर र नर्स दिन रात नभनी कोरोना संक्रमित बिरामीको उपचारमा खटिदा आफै बिरामी हुने गर्छन। कोरोना कालको बेलामा कति डाक्टर र नर्सले आफ्नो ज्यानको बाजी पनि लगाए। रास्ट्र सेवक कर्मचारी पनि उतिकै आतंकित छन।

दिन प्रति दिन कोरोनाको आतंकले आफ्नो परिवार बाट टाढा रही देशको सेवा गरेका छन। कोरोनाको संक्रमित अन्तिम संस्कार गर्ने जिम्मा नेपाली सेनाले लिएको छ। कोरोना संक्रमित शबलाइ प्लास्टिकमा बेरेर प्लास्टिकले सिल गरि लगिने रैछ।

शव जलाउन भन्दा पहिला शवलाइ अन्तिम सलामी दिएर एकपल्ट चितालाइ घुमेर अनिउ आगो लगाउने गर्छन। पिपिए सेट लगाएका नेपालि सेनाले शवलाइ सिल गरेर शव बहानमा राखेर शव ल्याउने गरिदो रैछ प्रहरी भ्यान अगि बिचमा शव वाहन अनि सेनिटाईजर छर्दै अर्को गाडीमा दाहासंस्कार गर्ने टोलि अनि पछि आर्मीको बाइक या जिप स्काटिंग हुने गर्छ।

कोरोनाबाट बाँच्नु भयो भने अनि भविष्य सोच्नु होला । त्यसैले समय हुँदै सचेत र सावधान रहौं। काम परे मात्र बाहिर आउँ सामाजिक दुरी कायम गरौ। आफु पनि बचौ र अरुलाइ पनि बचाऔं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी