कोभिडबाट देशलाई यसरी पार लगाउन सकिन्छ

  • ख-
  • ख+

हरि वाग्ले
देशका विभिन्न क्षेत्रमा व्याप्त कोरोना भाइरसको पहिलो लहर करीब समाप्त भई दोश्रो लहरका रुपमा नयाँ भेरियन्ट सहित गहिरो सक्रमणका साथ जनमानसमा सन्त्रास फैलाउदै वैश्विकरुपमा तनाव सृजना गरिसकेको छ । सम्पन्न मुलुकहरु भ्याक्सिनको माध्यमबाट र अन्य प्रविधि अपनाएर आफ्ना नागरिकलाई सजक एंव सर्तक बनाइसकेका छन् ।

दिनहुँजसो सयौको मृत्यु, हजारौंको संक्रमण भएका खबरहरु सुनिरहनु पर्ने विवशताबीच हाम्रो दैनिकी बितेको छ । अस्पतालका बेड, अक्सिजन, आईसीयु एवं भेन्टिलेटरहरु अपर्याप्त भइसकेको अवस्था छ । अक्सिजनको अभावमा मानिसको मृत्यु दैनिकजसो बढिरहेको छ । कोभिड १९ जस्ता महामारीबाट बच्न वा मुक्त हुन हामीले हाम्रो जीवनशैली, खानपानमा ध्यान दिनु जरुरी छ । त्यस्तै हाम्रो सार्वजनिक क्षेत्रको सरसफाई अर्को महत्वपुर्ण पाटो हो ।

दिनहुँजसो सयौको मृत्यु, हजारौंको संक्रमण भएका खबरहरु सुनिरहनु पर्ने विवशताबीच हाम्रो दैनिकी बितेको छ । अस्पतालका बेड, अक्सिजन, आईसीयु एवं भेन्टिलेटरहरु अपर्याप्त भइसकेको अवस्था छ । अक्सिजनको अभावमा मानिसको मृत्यु दैनिकजसो बढिरहेको छ ।

हाम्रा कारण परिवार, समुदायमा सक्रमण फैलिएको खण्डमा परिवार र समाजको अवस्था कस्तो होला कल्पना सम्म गर्न सकिन्छ । सरकारले हिजो मात्र चीनबाट केहि अक्सिजन सिलिण्डर र भेन्टिलेटरका सामग्री भित्र्यााएको छ ।

प्रधानमन्त्रीले पनि अन्तर्राष्ट्रिय मुलुक तथा सहयात्री समुदाय संग सहयोगको अपिल गरेका छन् तर कतैबाट पनि सहयोगको प्रतिवद्धता आए जस्तो लाग्दैन । आफै संक्रमित भएर पनि चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरु अहोरात्र खटिइरहेका छन् जो धन्यवादका पात्र छन् ।

त्यस्तै गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले चीनबाट १०० बटा अक्सिजन सिलिण्डर र ओमानबाट ५५० सिलिण्डर पठाएर नेपाली दिदी बहिनी दाजुभाईको बिग्रदो स्वास्थ्य अवस्था प्रति ऐक्यवद्धता जनाएको छ । यसका बाबजुद सेना प्रहरी निजामति कर्मचारी शिक्षक लगायतका मानव स्रोतको परिचालन तथा सर्वदलीय प्रतिवद्धता र सहयोगका साथ स्वास्थ्य संकटकालको घोषणा गर्ने काम सरकारबाट ढिला भइसकेको छ ।

मुलुकभरिका अस्पतालहरू मध्ये टेकु अस्पताल मानव सेवामा एक कदम अगाडी देखिंदै छ । त्यस्तै संघीय सरकारका निकाय, प्रदेश सरकार तथा स्थानीय निकायबीचको समन्वय अभाव खड्किएको छ, यस किसिमको ढिलाई क्षम्य हुने छैन ।

त्यस्तै स्वास्थ्य केन्द्रहरुबीचको समन्वयको अभावमा उपलब्ध साधनको यथोचित प्रयोग पनि हुन सकिरहेको छैन । गरिबी, अशिक्षा, सरकारी अव्यवस्था तथा हरेक क्षेत्रमा अति राजनीतिका कारण नागरिकको स्वास्थ्य र जनजीवन कष्टकर बन्दै गएको छ । मुलुकभरिका अस्पतालहरू मध्ये टेकु अस्पताल मानव सेवामा एक कदम अगाडी देखिंदै छ । त्यस्तै संघीय सरकारका निकाय, प्रदेश सरकार तथा स्थानीय निकायबीचको समन्वय अभाव खड्किएको छ, यस किसिमको ढिलाई क्षम्य हुने छैन ।


भारत सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि हात बढाएको छ । सहयोगको लागि विश्वका धेरै मुलुकले सहयोग पनि गरिरहेका छन् । अन्तर्राष्ट्रिय सहयोगको पहलका लागि भारतीय सकृयता अत्यान्त तेज गतिमा देखिएको छ । तर भारत, नेपाल लगायतका दक्षिण यसियाली मुलुकहरुमा यसको सक्रमण दिन दुना रात चौगुनाले बढदो छ । नेपाल सरकारले यो समस्यालाई अन्तराष्टियकरण गरेर समाधानमा अन्य राष्ट्र एवं दातृ निकायको सहयोग लिनबाट चुकेको छ ।

भारतीय राजनीतिमा दोश्रो कार्यकालका लागि समेत योग्य ठहरिएका मोदि भारतीय नागरिकको पीडा स्वास्थ्य सामग्रीको अभाव र अव्यवस्थाका कारण शासकीय व्यवस्थापनमा करीब असफल सावित हुदै छन् । यद्यपि सरकारका तर्फबाट भारतीय नागरिकलाई दिलो ज्यानले बचाउने प्रयास भने जारी छ ।


यस्तो कोरोनाको महामारीमा विश्वका सम्बृद्ध मुलुक र तिनिहरुको उच्चतम् प्रविधि समेत अपर्याप्त भएको यस्तो संकटको घडीमा हाम्रो जस्तो विकसोन्मुख मुलुकबीना कसैको सहयोग र सद्भाव महाव्याधिबाट पार पाउन धेरै गाह्रो मात्र होइन करिब असम्भव नै छ भन्नु पर्दछ ।
सरकार आफ्नै किसिमबाट मुलुकको स्वास्थ्य अवस्था सुधार्नमा आफ्नै किसिमले लागेको होला । तर यतिले मात्र अब प्रयाप्त हुने देखिदैन ।

अबका दिन मुलुकलाई कोभिडबाट मुक्त गराउन सामाजिक अगुवाहरु, मुलुकमा आइ परेका जुनसुकै संकटमा अग्रपक्तिंमा उभिने सशक्त युवाहरु, स्वस्थ, सक्षम नागरिक अगुवाहरु कुनै न कुनै किसिमबाट महामारीबाट नागरिकलाई बचाउन चिकित्साकर्मीहरुको सहयोग वा अन्य किसिमबाट लाग्नु जरुरी भईसकेको छ । कोरोना सक्रमणलाई युद्धस्तरमा परास्त गर्न हामी आ–आफ्नो कार्यक्षेत्र जिम्मेवारी दक्षता र क्षमताबाट यस संक्रमणबाट प्रभावित नागरिकलाई बचाउन कुनै कसर बाँकी राख्नु हुदैन ।

कमिशनरुपी महाजालका कारण नागरिकले समयमा भेक्सिन लगाउनबाट बन्चित हुनु परेको तीतो अनुभव भइरहेको छ । संकटलाई आर्थिक अवसरकारुपमा बदल्न चाहने त्यस्ता कुतत्वलाई सरकारीस्तरबाट कडा सजाय र नागरिक स्तरबाट सामाजिक बहिष्कार जरुरी छ ।


मानवता नै जीवनको सर्वोत्तम कार्य हो । तर यहि महामारीमा केहि स्वार्थी तत्वहरु यसलाइ अवसरका रुपमा लिदै, स्वास्थ्य सामग्रीमा समेत कमिशनको मोटो रकम कुम्ल्याउने दाउमा रहेको सुनिदै आएको छ । यहि कमिशनरुपी महाजालका कारण नागरिकले समयमा भेक्सिन लगाउनबाट बन्चित हुनु परेको तीतो अनुभव भइरहेको छ । संकटलाई आर्थिक अवसरकारुपमा बदल्न चाहने त्यस्ता कुतत्वलाई सरकारीस्तरबाट कडा सजाय र नागरिक स्तरबाट सामाजिक बहिष्कार जरुरी छ ।

कोरोना महामारीको अन्त्यका लागि सचेतना, स्वास्थ्य परिक्षण, भ्याक्सिन खोप, आइसोलेशन, अक्सिजनको व्यवस्था एवं आईसीयु तथा भेन्टिलेटर प्रविधिको पर्याप्तता जरुरी छ । सरकारी व्यवस्थापन सहि किसिमबाट र प्रयाप्त मात्रामा नभएको व्यहोरा सबैमा जाहेर छ । अझ यस संक्रमणबाट पीडित र तिनीहरुका परिवारले भोगेर नै महशुस गरिरहेका छन् ।
सरकारले नागरिकलाई दिनु पर्ने केही अत्यावश्यक र संवैधानिक एवं कानुनी अवसर र सुविधा बाहेक धेरै विषयहरु सरकारको नैतिकता र क्रियाशिलतामा भर पर्ने गर्दछ ।

त्यसैले यस्ता संक्रमणकालमा नागरिक स्वयम् चनाखो, सहयोगी भावनाको र सक्षम हुनु पर्दोरहेछ भन्ने कुरा अहिले विद्यमान हाम्रो स्वास्थ्य क्षेत्र र यसको व्यवस्थापन पक्ष, संरचनात्मक विकास एवं सरकारी चासो हेर्दा प्रष्ट हुन्छ । कामचलाउ भए पनि आजसम्म सत्ता वामपन्थी सरकारको हातमा छ तर उनिहरु प्रगतिशील हुन सकिरहेका छैनन् ।

यहि प्रसंगलाई चैतन्य मिश्रले आफ्नो पुस्तक लोकतन्त्र र आजको माक्र्सवादमा, नेपालका कम्युनिाष्ट नेता तथा कार्यकर्ता हाल आएर अग्रगामी बनेका छन् तर प्रगतिशील भने छैनन् भन्ने उल्लेख गरेका छन् । त्यसैले बहुमतको सत्ता भोग गरेर विश्वका विकसित समाजको कल्पना र नागरिक अधिकारको सुनिश्चितता तथा कानुनी शासन एकादेशको कथा बन्यो ।भारतमा अक्सिजनको अभावले कोरोना प्रकोप गहिरिदै गएको जानकारी सरकारलाई तीन हप्ता पहिले देखि थियो । तर त्यस विषयमा हाम्रो सरकार मुकदर्शक र किंकर्तव्यविमुढ झै बन्यो ।

भारतीय सरकारले प्रेशले लेखेको समाचारका भरमा अस्पतालहरुमा स्वास्थ्य सामाग्रिको व्यवस्थापनमा तदारुकता देखायो भने हाम्रो अदालतले समेत रिट जारी गर्दा पनि सरकारलाई जानकारी मात्र दिन दश दिनको समय प्रदान गर्ने आदेश फर्माउछ । स्वास्थ्य शिक्षा रोजगारी जस्ता आधारभुत विषयमा आफ्नो भुमिका प्रभावकारी बनाउन मात्र होइन निजी क्षेत्रको ज्यादती प्रति अनुगमन गर्न समेत अल्छी सरकार प्रति जनताको भरोसा टुट्दै गएको छ । कोरोना पीडित र तिनका परिवारहरु चहराइरहेका आर्तनादहरु चिच्याइ चिच्याइ सुनाइरहेछन् . तर सरकार सत्ताको खेलमा रमाउनमै व्यस्त देदिन्छ । सरकार करिब निकम्मा छ, तर त्यही पार्टीका कार्यकता सरकारको बिरोधलाई स्वाभाविक मान्दैनन् ।


नेपालको राजनीतिको सुदुर भविष्य अंक गणितमा आधारित हुदैछ । बाबुराम र उपेन्द्र यादवलाई काँध थापेको आरोप लगाउदै जसपाका महन्थ ठाकुर नेपाली काँग्रेस नेतृत्वको विपक्षी गठवन्धनलाई सघाउन नसक्ने बताइरहेका छन् । एमाले भित्रकै एउटा शक्ति सरकार बदलीमा सहमत देखिन्छ । हेर्दै जाउ अन्तिम परिणाम फरक बन्न सक्ने संम्भावनालाई भने नकार्न सकिदैन ।

सार सक्षेपमा अहिलेको संकटको घडीमा देश र जनताको भलो गर्छु भनेर सपथ खाने सम्माननीय चाहि असल नियतको भैदिउन अहिलेलाई यहि अपेक्षा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी