क्यानले ‘अनलाइन प्रशिक्षण’ गर्ने

  • ख-
  • ख+

दमौलीः कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित बुधबार कार्यक्रम आयोजना गर्न लागिएको हो ।


कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको जिल्ला शाखाका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए ।

कार्यक्रममा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धित व्यक्ति र प्रविधिसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालाको सहभागिता रहने पनेरुले बताए ।


जुम मार्फत् हुने कार्यक्रममा जुम आइडी ९८१२४१९३३१७ र पासवर्ड ३३३१० प्रयोग गरी इच्छुक जोडिन सक्ने शाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी