कर्मचारीलाई व्यापारी नेताको पत्रः राष्ट्रलाई अप्ठेरो पर्दा आधा तलब सघाउनुस्

  • ख-
  • ख+

देवकुमार श्रेष्ठ
प्रिय कर्मचारी साथीहरु,

मुलुकको संविधान, नीति, नियम, रिती, थिति, मिति, परिस्थिति आदि कार्यान्वयनको जिम्मा पाउन सफल छनौट हुनु भएको राष्ट्र सेवक कर्मचारी, जनताको जनमत पाउनु भएको जनप्रतिनिधि, कुटनैतिक, सामाजिक क्षेत्रमा खटिनु भएकोमा धन्यवाद छ ।


तथापि सुको विना सेवा गर्न हुन्न भने तपाईंहरूको संस्कारले राष्ट्रिय हित हुन सक्दैन । राष्ट्र सेवकको गास, बास र कपास को जिम्मेवारी हामी मुलुकवासीको काँधमा छ, यसमा कुनै विवाद छैन ।
तपाईंलाई अनावश्यक धेरै कामको बोझ र जिम्मेवारी लगाउने हाम्रो रहर पनि हैन । तर तपाईंहरुलाई काम भएन भनेर तलब भत्ता सुविधा पनि घटाएका पनि छैनौं । सुविधा तय गर्ने र लय मिलाउने अधिकारको अधिकार तपाईंहरूमा नै निहित छ ।


ठुलो आशा र दबाब दिन हाम्रो नैतिकताले मिल्ला नमिल्ला त्यस तर्फ पनि नलागौं । मुलुकको अर्थव्यवस्थाको आधारमा बजेट सिलिङमा तलब, भत्ता र खर्चको वर्गिकरण पनि आफूलाई चाहिने हिसाबले तय गर्नु भएकै छ । चार हरफको सपथ ग्रहण पनि स्वैच्छिक खानु भै राज्यलाई दिनु भएकै छ । राज्यप्रति पूर्ण बफÞादार रहने कसम पनि खानु भएकै छ ।

एकतिर जनता अर्थतन्त्रको मारमा परि रहनुपर्ने अर्कोतर्फ कर्मचारी र राष्ट्रको सरकारी अनि गÞैरसरकारी तर्फका कर्मचारीले शत प्रतिशत तलब बुझ्ने लगायतले पर्न गएको बोझ न्यूनिकरण गर्नका लागि टिडिएस शैलीमा कोभिड १९ राहत कोष मा लकडाउनका दिनहरुको गणना गरी औसत आधा तलब सरकारी कोषमा जम्मा गरि राज्यको अर्थव्यवस्था बचाउन सहयोग गर्नु तपाइंहरुको कर्तव्य होइन र ?


कोभिड १९ ले मुलुकको अर्थतन्त्र शिथिल बनाए पनि तपाईंको तलब नै कट्टी गर्नु पर्छ भन्ने माग पनि हाम्रो होइन । केवल राज्यलाई तपाइंको बल बुद्धि र क्षमताले दिनु पर्ने कर्तव्य तपाईंले दिनु पर्ने मध्यमा आज मुलुकमा बारम्बार लकडाउन हुँदै गैरहेको अवस्था यहाँलाई अवगतै छ ।


एकतिर जनता अर्थतन्त्रको मारमा परि रहनुपर्ने अर्कोतर्फ कर्मचारी र राष्ट्रको सरकारी अनि गÞैरसरकारी तर्फका कर्मचारीले शत प्रतिशत तलब बुझ्ने लगायतले पर्न गएको बोझ न्यूनिकरण गर्नका लागि टिडिएस शैलीमा कोभिड १९ राहत कोष मा लकडाउनका दिनहरुको गणना गरी औसत आधा तलब सरकारी कोषमा जम्मा गरि राज्यको अर्थव्यवस्था बचाउन सहयोग गर्नु तपाइंहरुको कर्तव्य होइन र ?


देशको अर्थ व्यवस्था कमजोर भयो भने भोली केही कर्मचारीले राजिनामा दिनुपर्ने भयो भने त्यो अवस्थामा तपाइंसँग एउटै जवाफ हुनेछ,‘अघि जानिन ।’ सरकारले निकाल्यो भनेर चिच्याउँदै निस्कनुको विकल्प पनि नरहला, त्यो अवस्थामा । त्यस्तो जटिल अवस्थामा कोही पनि नपरुन् भन्नका लागि आफू बचौं र आफू आश्रित अर्थतन्त्र पनि बचाउँको भान तपाईहरूमा आओस भन्ने विनम्र अनुरोध गर्दछु ।

असल काम ठुलोबाट मात्र होईन सानैबाट शुरु भए पनि राम्रै हुन्छ । तपाईं हरू को योगदान को प्रशंसा गर्ने अवसर पाउँ ।
उही
देवकुमार श्रेष्ठ
व्यास २, दमौली

(लेखक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी