काम नगर्ने जन प्रतिनिधिलाई प्रश्न गर्ने कि भड्खालोमा जान दिने ?

  • ख-
  • ख+

संदेश आचार्य

विपत्ति विगुल फूकेर आउँदैन,न यसलाई निर्मुल पार्न सकिन्छ,बस यसलाई न्यूनिकरण गर्न सकिन्छ।अत:हाम्रा वर्तमान स्थानीय, प्रदेश र केन्द्रीय सरकारहरूले आफ्नो तवरबाट स-सानो प्रयास गरे विपद न्यूनिकरणका दिशामा उल्लेख्य प्रगती हुन सक्छ।

अहिले हामी माझ विपत्तीद्वारा हुने क्षति पश्चात जा!भन्नुको विकल्प छैन।यसको मुख्य जिम्मेवार हाम्रा तहगत सरकारहरू नै हुन।विषम परिस्थितिमा पनि हाम्रा दलगत साढेंहरू डुक्रीएको देख्दा अचम्म नमाने हुन्छ!उनीहरूलाई सत्ता चाहिएको छ,कुर्सी चाहिएको छ र कमिसन आउने बाटो चाहिएको छ।

अप्रत्यक्ष रूपमा यस्तो हुनुमा दोष हामी जनताहरू कै छ,किनकी हामीले सक्षम नेतृत्व चयन गर्न सकेनौं।बारम्बार हाम्रा प्रतिनिधि पात्रहरूलाई प्रश्न गर्न सकेनौ कि तपाईहरू परिस्थिति अनुकूल किन चल्न सक्नु हुन्न?प्रतिनिधिपात्र बनिसके पछि आफ्नो ज्यानको भन्दा जनता/आफ्ना मतदाताको जीवन रक्षार्थ खटिनुपर्ने जनप्रतिनिधिहरूको जवाफदेहीता कति देख्नु हुन्छ?

हामीले सक्षम नेतृत्व चयन गर्न सकेनौं।बारम्बार हाम्रा प्रतिनिधि पात्रहरूलाई प्रश्न गर्न सकेनौ कि तपाईहरू परिस्थिति अनुकूल किन चल्न सक्नु हुन्न?प्रतिनिधिपात्र बनिसके पछि आफ्नो ज्यानको भन्दा जनता/आफ्ना मतदाताको जीवन रक्षार्थ खटिनुपर्ने जनप्रतिनिधिहरूको जवाफदेहीता कति देख्नु हुन्छ?

भनिन्छ, समयको परिवर्तन सँगै व्यक्ति,परिवार,समाज हुँदै सिङ्गो राष्ट्रले कयौं समस्याहरूको सामना गर्नु पर्दछ र सुझबुझका साथ समस्याको निराकरण गर्दै अगाडि बढ्नु पर्दछ। यस्तै एउटा मानव विकासको बाटोमा पर्खालको रूपमा जटिलता बनेर खडा भएको छ कोभिड,कोभिड एक ब्याक्ती,परिवार,समाज,राष्ट्र हुँदै अन्तर महादेश छिचोलिसकेको अनियन्त्रित सरूवा रोग हो।यसका नया नया भिरियन्टहरू मानव अस्तित्व विनाशको बाटोमा अंकगणितिय रूपमा फैलिरहेको हामी सबैलाई सर्वबिदित छ।

यस्तो अवस्थामा पनि सरकारले आफ्ना जनता समक्ष अभिभावकको प्रत्याभूति गराउन नसक्नु लज्जाको विषय हो।तसर्थ हामी आफै स्वनियन्त्रीत हुनुको अर्को विकल्प छैन।विश्वमा कोभिड नियन्त्रणका लागि विभिन्न अध्ययन भइरहेता पनि खासै ठोस उल्लेख्य प्रतिफल हात नपरिरहेको अवस्थामा नेपाल सरकारले स्वास्थ्य क्षेत्रलाई सुविधा सम्पन्न बनाउनुका साथै स्वास्थ्य क्षेत्र विस्तारमा ध्यान दिनु पर्ने हो।

तर सरकार राजनैतिक खिचातानिमा रूमल्लिरहेको देख्दा आम नागरिकले राज्यबाट के अपेक्षा राख्ने?कि नागरिकको अधिकार राज्य संचालनका लागि कर तिर्नु मात्र हो? या राज्यबाट सेवा सुविधा पनि प्राप्त गर्नु हो?


हामी पहाड चिरेर प्रकृतिलाई कुरूप पार्नुलाई विकास भन्छौ। कंक्रीटको मरूभूमि निर्माण गर्नुलाई विकास ठान्छौं।वास्तविक विकास यो होइन रहेछ।विकास त समयसापेक्ष सर्वसाधारण जनताको जिविकोपार्जनमा सहजता ल्याउनू रहेछ।त्यसैले त हामी सुविधामुखी भएर पनि द्विविधामा बाँचिरहेका छौं।

तर सरकार राजनैतिक खिचातानिमा रूमल्लिरहेको देख्दा आम नागरिकले राज्यबाट के अपेक्षा राख्ने?कि नागरिकको अधिकार राज्य संचालनका लागि कर तिर्नु मात्र हो? या राज्यबाट सेवा सुविधा पनि प्राप्त गर्नु हो?


हामी समस्या नै समस्यामा रूमल्लिरहेका मात्र छैनौं,समस्याको निदानका निमित्त युवा वर्गले न कुनै बहस चलाउछौं न प्रतिवाद नै गर्छौं,बस चुपचाप सहन्छौं।यसो गर्नु भनेको अप्ठेरो बाटो छ भनेर जान्दा जान्दै गएर भड्खालोमा जाकिनू हो।

तसर्थ हामी आफू,परिवार,समाज र सिङ्गो राष्ट्र भित्र रहेका खराब नियति विरूद्ध,समस्यागत सुदृढीकरणमा नेतृत्वदायी भूमिकामा खेलौं,उच्च राजनैतिक संस्कार,सिर्जनशिलताको विकास गरौं,हेय भाव त्यागेर अपनत्व भावको विकास गरौं,आलोचनाबाट पनि केही सिकौं।यो नै समस्याहरू हल गर्ने उच्च विधि हो।आपसी हातेमालो गरौं,राजनैतिक कुण्ठा त्यागौं,विषम परिस्थितीमा सफलता पाउने यो नै एक उत्तम उपाय हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी