एक रातमा ध्वस्त बनेको साम्राज्य

  • ख-
  • ख+

जो केही गर्न खोज्दै थिए, उनैमाथि नियतिको धोका
सुमन श्रेष्ठ
दमौली: सन्त खड्काको जीवनमा संघर्ष नै पर्याय बनेको छ । मेहनत गर्न कहिल्यै नहिच्किचाउने उनको स्वभाव । जुत्ता सिलाउने, लेखापढी, टेम्पो चालक । उनले जीवनमा गरेका कामका फेहरिस्त लामै छ ।


व्यास ३ प्रशासन मार्ग अगाडि जुत्ता सिलाउँदा सिलाउँदै लेखापढी व्यवसायमा हात हाले, उनले । त्यसबाट पनि राम्रै कमाई गरेर परिवार चलाएका थिए । सकेको कमाई गरेर परिवारलाई खुशी राख्ने उनको सपना थियो । उनले कमाई राम्रै हुने ठानी टेम्पो किने ।


पेट्रोलबाट चल्ने उनको जस्तै दमौलीमा झण्डै दुई दर्जन अरु पनि चल्छन् । तर सन्तले त्यसबाट पहिलेभन्दा राम्रो कमाई गरिरहेका थिए । सहज, छरितो अनि सस्तो भएकाले सबैको रोजाईमा यो परेको छ । त्यसमाथि मेहनती र मृदुभाषी सन्तको टेम्पोमा मानिसको आकर्षण नहुने कुरै भएन । आफ्नो श्रमले मानिसलाई पगाल्न सफल उनले यसबाट सन्तोषजनक कमाई गरिरहेका थिए ।
उनले यसरी टेम्पो चलाउन थालेको एक वर्ष बढी भयो ।

आफ्नो टेम्पोका साथमा सन्त खड्का

विहान आठै बजे घरबाट निस्कने उनी साँझ दिनहुँ हातमा सरदर तीन हजार बोकेर मात्र घर फर्कन्थे । खर्च कटाएर यसबाट उनले मासिक ६० हजारसम्म कमाउने गरेका थिए । दुई सन्तानका पिता खड्काकी एक छोरि कक्षा १० मा अध्यनरत छन् ।

पाँच वर्षका छोराको अपांगताको समस्याको उपचार भैरहेको छ । श्रीमतीसहित चारजनाको परिवार सुखैसँग पालेका थिए, सन्तले । दमौली आएको दशक लामो समयको मेहनतको कमाईले सन्तले व्यास ४ मा जग्गा किनेर घर पनि बनाएका थिए । चारजनाको परिवार खुशीसाथ बसिरहेको थियो ।

‘आएर हेर्दा त घर केही थिएन,’ उनी पीडाको भावमा भन्छन्,‘थियो त माटो मात्र ।’ दिनरात नभनी पसिना बगाएर सन्तले खडा गरेको साम्राज्य अहिले माटोमा मिलेको छ ।

लक डाउनको मार
राम्रै कमाई गरेर खुशीसँग बसिरहे पनि चैतयताको लकडाउनले टेम्पो चलाउने उनको परिवारलाई समस्यामा पारेको थियो । ‘धेरै समय त कामै ठप्प भयो,’ उनी भन्छन्,‘कहिलेकाहीं चलाउँदा पनि मानिस भनेजस्तो पाइन्थेन ।’ पहिलेको जस्तो नभएपनि लक डाउन खुल्दा घर परिवार चलाउन पुग्ने कमाई भने सन्तले गरिरहेका छन् ।

तर त्यो बज्रपात
लकडाउनको समस्यालाई त सन्तले सहेकै थिए । तर गत असार २९ को रात उनको जीवनमा कालो बनेर आयो । आफ्नो छोराले गाउँ जाने भनी जिद्दी गरे पछि उनले हार्न सकेनन् । ‘गाउँ जाउँ भनेर साह्रै जिद्दी ग¥यो,’ उनी त्यो दिन सम्झन्छन्,‘साह्रै गरे पछि सपरिवार टेम्पो चढेर चिसापानी गाउँ गयौं ।’ उनीहरु त्यो दिन गाउँमै बसे । रातभर पानी परेकाले ठाउँ ठाउँमा क्षति भएको खबर उनले सुनेका थिए । यत्तिकैमा कसैले भन्यो, ‘व्यास ४ मा पहिरोले घर लग्यो रे !’

आफ्नो घर पनि त्यतै भएकाले परिवार भोलिपल्ट हतारिएर घर हेर्न गयो । तर पुग्दा निकै ढिला भैसकेको थियो । चार सदस्यले खुशी साट्न पाएको आफ्नो सबैथोक ठानेको घर अब घर थिएन ।
‘आएर हेर्दा त घर केही थिएन,’ उनी पीडाको भावमा भन्छन्,‘थियो त माटो मात्र ।’

जहाँ सन्तको घर थियो

दिनरात नभनी पसिना बगाएर सन्तले खडा गरेको साम्राज्य अहिले माटोमा मिलेको छ । उनलाई थाहा छैन, अब फेरि यसैगरी घर खडा हुन कति समय लाग्छ ।

‘आएर हेर्दा त घर केही थिएन,’ उनी पीडाको भावमा भन्छन्,‘थियो त माटो मात्र ।’ दिनरात नभनी पसिना बगाएर सन्तले खडा गरेको साम्राज्य अहिले माटोमा मिलेको छ । उनलाई थाहा छैन, अब फेरि यसैगरी घर खडा हुन कति समय लाग्छ । ‘दुःखी मान्छेलाई फेरि अर्को दुःखले सतायो,’ भत्किएर बगेपछि नामोनिसान नभएको ठाउँमा उभिंदै उनले बिलौना गरे,‘मेरो सबै गयो । सकियो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्