जात्राका नाममा मानवतामाथिको बलात्कार

  • ख-
  • ख+

सन्दर्भः रातो मछिन्द्रनाथको जात्रा
सन्तोष ढकाल
केही समयअघिको कुरा हो । सरकारले गुठी विधेयक ल्यायो । काठमाडौंका रैथाने समुदाय सडक ओर्लिए । बिरोध गरे, प्रदर्शन गरे, जुलुश निकाले ।


अझै त्यो नागरिक प्रदर्शनलाई सभ्य प्रदर्शनहरुको लिष्टमा उल्लेख गरिन्छन् । प्रदर्शनकारीहरु, सुरक्षाकर्मीलाई फुल दिन्थे, प्यास लाग्यो होला भनेर पानी बाँड्थे । बाटोमा गरेको फोहोर आफैं टिप्थे । एम्बुलेन्स आउनासाथ पुरा बाटो खाली गरिदिन्थे । अनि त, जन जनले भनेका थिए, यस्तो पो आन्दोलन । यो पो त प्रदर्शन ।

हिजो मात्रैको कुरा । रातो मछिन्द्रनाथको जात्रामा निहत्था प्रहरी माथी निर्घात कुटपिट गरे, करिब उही उस्तै समुदायका जनमानसले । सहि या गलत ? यसलाई अनेक कोण बाट व्याख्या विश्लेषण गर्न सकिन्छ ।
आधा दर्जन बढी प्रहरी भाला र खुकुरी हानेर दर्दनाक अवस्थाले मारेको केही वर्ष पनि पुरा भएको छैन, यहि सतीले सरापेको भनिएको देशमा ।


हिजो सुरक्षा बलका पोस्ट कतै कब्जा त कतै हमला गर्दै हिंडेकाहरु आज सत्ताको रसस्वादन गरिरहेकै छन् । केही वर्ष अघि मात्रै, हामीले उनै माथि ढुंगा बर्साउँदै, कथित परिवर्तनका लागि भनेर सडक ओर्लिएकै हौं ।
तर के हामीलाई थाहा छ?
यो महामारीबिरुद्ध बाहिर फिल्डमा हाम्रो रक्षार्थ खटिएका जवानहरुको दयनीय अवस्था ? सरकारले दिन्छु भनेको प्रोत्साहन भत्ता त के, सामान्य पारिश्रमिक नपाएकै महिनौं भइसक्यो जवानहरुले । तर, हामी उनै माथि जाइलाग्यौं । भए नभएका तर्कहरु ल्यायौं । आफुलाई सहि भन्न अनेक प्रयत्न गर्यौं ।


हो, हाम्रो अधिकार हो । हाम्रो संस्कृति, परम्पराहरु हामीले धान्न पाउनुपर्छ, हाम्रा चाडबाड मान्न पाउनुपर्छ । तर कुन मुल्य तिरेर? यसको विश्लेषण गरिनुपर्छ कि पर्दैन?
हाम्रा लागि अनेक आवश्यकताहरु भन्दा, हाम्रा संस्कृति परम्परा, रीतिरिवाज र चाडबाडहरु पक्कै प्यारा छन् । तर, कानुन र मानवताका आधारभुत मान्यतामाथि नै निर्मम बलात्कार गरेर होईन, सामाजिक संरचना माथि नै हमला गरेर चाहिं होईन ।

हाम्रा लागि अनेक आवश्यकताहरु भन्दा, हाम्रा संस्कृति परम्परा, रीतिरिवाज र चाडबाडहरु पक्कै प्यारा छन् । तर, कानुन र मानवताका आधारभुत मान्यतामाथि नै निर्मम बलात्कार गरेर होईन, सामाजिक संरचना माथि नै हमला गरेर चाहिं होईन ।


ऋण नै किन काड्नु नपरोस् बिहान बेलुका आधा पेट किन बस्नु नपरोस्, हाम्रो रोजाईँ दशैंमा नयाँ कपडा किन्ने नै हुन्छ, एउटा खसी किन्ने नै हुन्छ । गेडो चामल नहोस् घरमा, अक्षता भने मुछिएकै हुन्छ ।

अन्ततः कर्फ्यु नै लगाएर क्षमा पुजा गर्ने र रथलाई बुंगमती सम्म पुर्याउने सहमति भयो भनिन्छ । कम्तिमा निकास निकालियो, ठिक छ । अब झन् संयम बन्नु त छँदैछ ।

कम्तीमा, कानुन र मानवताका आधारभुत मान्यताहरु भत्काउनु चाहि कम्तीमा पनि नहुने कुरा हो, यसो नगरौं ।
कुरा आस्थाका हुन् । कम्युनिष्टका पनि खाँटी कम्युनिस्ट नेताले भैंसी पुजा गरेको प्रसंग, संस्मरणमै होला अझै हामी धेरैका ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी