तनहुँका प्राध्यापकको काठमाडौंमा ‘लोकतन्त्र बहस’

  • ख-
  • ख+

काठमाडौं: तनहुँका विभिन्न स्थानबाट आएर काठमाडौंका विभिन्न कलेज र विश्वविद्यालयमा अध्यापन गर्ने नेपाल प्रजातान्त्रिक प्राध्यापक संघमा आस्था राख्ने प्राध्यापकहरुले नेपालको वर्तमान राजनीति र प्रजातन्त्रको अवस्थाका बारेमा भच्र्युअल माध्यमबाट छलफल गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले नेपालको राजनीति र लोकतन्त्र सुदृढीकरणमा कांग्रेसको भूमिका, कांग्रेसको वैचारिक र सांगठानिक पक्ष र तनहुँमा भएका विभिन्न संभावनाका बारेमा विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपनि मुलुकमा राजनीतिक स्थिरता हुन नसकेको बताए ।
तनहुँ धेरै संभावना बोकेको क्षेत्र भएको र त्यहाँ वैचारिक रुपमा पनि सशक्त व्यक्ति भएकाले प्राज्ञिक क्षेत्रमा कार्यरतहरुले त्यसतर्फ अध्ययन अनुसन्धान गरेर सुझाव दिनुपर्ने उनले बताए ।

कार्यक्रममा वक्ताहरुले नेपालको राजनीति र लोकतन्त्र सुदृढीकरणमा कांग्रेसको भूमिका, कांग्रेसको वैचारिक र सांगठानिक पक्ष र तनहुँमा भएका विभिन्न संभावनाका बारेमा विचार व्यक्त गरेका थिए । कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेपनि मुलुकमा राजनीतिक स्थिरता हुन नसकेको बताए ।
तनहुँ धेरै संभावना बोकेको क्षेत्र भएको र त्यहाँ वैचारिक रुपमा पनि सशक्त व्यक्ति भएकाले प्राज्ञिक क्षेत्रमा कार्यरतहरुले त्यसतर्फ अध्ययन अनुसन्धान गरेर सुझाव दिनुपर्ने उनले बताए ।

कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमिल्सिनाले प्राध्यापक संघमा धेरै क्षेत्रका विज्ञ हुने हुनाले यस्तो विज्ञताको सदुपयोग मुलुक, लोकतन्त्र, विश्वविद्यालय र बौद्धिक विमर्शमा हुनुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेस कमजोर भएमा नेपालको लोकतन्त्र कमजोर हुने हुनाले लोकतन्त्रमा आस्था राख्ने प्राध्यापकहरुले यसमा सशक्त र व्यवहारिक विचार दिनसक्नुपर्ने बताउनुभयो । पाटन संयुक्त क्याम्पसका प्राध्यापक गोबद्र्धन रानाले कांग्रेसको लोकतान्त्रिक समाजवादका विभिन्न पक्षबारे युवापुस्तालाई जानकारी दिनुपर्ने र राजनीतिलाई विचार निर्देशित बनाउनुपर्नेमा जोड दिए ।

त्रिभुवन सेवा आयोगका पूर्व सदस्य एवं त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक केदारनाथ घिमिरेले कांग्रेसले सैद्धान्तिक पक्षका साथै सांगठानिक र व्यवहारिक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने राय व्यक्त गरे । त्यस्तै नेपाल ल क्याम्पसका प्राध्यापक रमेश प्रधानले नेपालले लोकतन्त्र सबल बनाउनकै लागि पनि आत्मनिर्भरता, सिंचाइ, साना जलविद्युत आयोजना, धार्मिक पर्यटन र राष्ट्रियताको सबलीकरणमा ध्यान पु¥याउनुपर्ने बताए ।

प्राध्यापक कृष्णकान्त पराजुलीले प्राध्यापन सेवामा लागेकाहरुले नेपाली कांग्रेस पार्टीबाट व्यक्तिगत रुपमा धेरै आशा नगरेको तर नेपालको लोकतन्त्रको सबलताका खातिर कांग्रेसलाई योगदान दिन तयार रहेको बताए ।

उक्त कार्यक्रममा नेशनल कलेजमा प्राध्यापनरत शिवप्रसाद तिवारीले नेपाली कांग्रेस, लोकतन्त्र र यसको अन्तर्राष्ट्रिय आयाम, त्रिविको द्वन्द्व, शान्ति र विकास विभागका उपप्राध्यापक पिताम्बर भण्डारीले कांग्रेसको आन्तरिक चुनौति र वैचारिक समस्या, नेपाल अर्थशास्त्र शिक्षक संघका नवीन खनालले कांग्रेसका सांगठनिक पक्ष र समस्या र ठाकुरप्रसाद सिग्देलले कांग्रेसको नेतृत्वका बारेमा विचार राखेका थिए । पद्मकन्या क्याम्पसका सहप्राध्यापक राजु मल्ल, सरस्वती क्याम्पसकी उपप्राध्यापक नानु देवकोटा लगायतले पनि कार्यक्रममा राय राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी