दुईजनाबाट फैलिएको संक्रमणले बनायो भानुलाई ‘कोरोना इपिसेन्टर’

  • ख-
  • ख+

दमौली
गत साउन २५ गते भानु र बन्दीपुरका दुई युवकमा कोरोना संक्रमण देखियो । यस अघि विदेशको यात्रा इतिहास नभएका ती व्यक्ति क्वारेन्टिनमा थिएनन् । सामान्य व्यक्ति झैं हिंडडुल गरेका उनीहरुमा देखिएको संक्रमणले नगरपालिकामा कोरोना संक्रमण समुदायमा गएको संकेत दिएको थियो ।

त्यसलगत्तै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गर्दा भानुमा १९ जनासम्म संक्रमित भेटिए । अधिकांश भानु १ भन्सार क्षेत्रका थिए । समुदायकै व्यक्तिमा ठूलो संख्यामा संक्रमण देखिए पछि भानुमा संक्रमणको दोश्रो लहर प्रवेश गरेको पुष्टि भयो ।

भानु् नगरपालिकाको कार्यालय

शुरुवाती चरणमा भेटिएका समुदायका संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा सुरक्षाकर्मी, पसले पनि थिए । उनीहरुको सम्पर्कका आधारमा बढ्दै गएको संक्रमणको दायरा भानुमा फराकिलो बनिरहेको छ ।

सक्रिय संक्रमित ५० जना रहेको नगरपालिकामा निको भएर गएका समेत गर्दा ६६ जनामा संक्रमण देखिएको छ । पछिल्ला क्रममा संक्रमितमा समुदायका व्यक्ति बढी छन् ।

पछिल्ला एक सय २७ जनाको परीक्षणमा भेटिएका (सोमबार सार्वजनिक भएका सहित)२३ संक्रमितमा तीन जनाबाहेक अरु सबै समुदायकै छन् । यसले संक्रमण क्रमैसँग फैलिरहेको संकेत गरेको छ । ‘पहिले भानु १ मा बढी संक्रमित थिए,’ नगरपालिकाका स्वास्थ्य प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले भने,‘अहिले अरु वडामा पनि संक्रमण फैलिएको देखाएको छ ।’

संक्रमित कतिपय व्यक्तिहरु सार्वजनिक ओहोदाका तथा धेरैसँग भेटघाट हुने भएकाले पनि उनीहरुको सम्पर्कबाट अरु धेरैमा नयाँ संक्रमण देखिएको छ । गत भाद्र ३ गते संक्रमण देखिएका भानु ६ टुहुरेपसलका व्यक्ति सामाजिक क्षेत्रमा क्रियाशिल थिए । उनको सम्पर्कमा आएका धेरैमा संक्रमण देखियो । यस अघि पनि शुरुवाती समुदाय संक्रमण भेटिएका व्यक्ति निर्माण व्यवसायी र सामाजिक क्षेत्रमा हिंडडुल गर्ने भएकाले धेरैमा संक्रमण फैलिएको थियो ।

निषेधाज्ञापछि भानु नगरपालिकाले जारी गरेको विज्ञप्ति

यसले जारी निषेधाज्ञा आदेश कम प्रभावी भएको देखिन्छ । संक्रमित कतिपय व्यक्तिहरु सार्वजनिक ओहोदाका तथा धेरैसँग भेटघाट हुने भएकाले पनि उनीहरुको सम्पर्कबाट अरु धेरैमा नयाँ संक्रमण देखिएको छ । गत भाद्र ३ गते संक्रमण देखिएका भानु ६ टुहुरेपसलका व्यक्ति सामाजिक क्षेत्रमा क्रियाशिल थिए ।

उनको सम्पर्कमा आएका धेरैमा संक्रमण देखियो । यस अघि पनि शुरुवाती समुदाय संक्रमण भेटिएका व्यक्ति निर्माण व्यवसायी र सामाजिक क्षेत्रमा हिंडडुल गर्ने भएकाले धेरैमा संक्रमण फैलिएको थियो । यसले जारी निषेधाज्ञा आदेश कम प्रभावी भएको देखिन्छ ।

भानु १ का वडाध्यक्ष प्रेमबहादुर लामा जनताले भनेको नमान्दा डरलाग्दो अवस्था निम्तिएको बताउँछन् । ‘हामीले जोखिम नफैलोस् भनेर सक्दो काम गरेकै छौं’, उनी भन्छन्, ‘तर जनताले जथाभावी हिंडिदिने र बाहिर जाँदा जोखिम बढेको हो ।’

भानुमा बढ्दो समुदाय संक्रमण

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी