बाल संगठनको अध्यक्षमा शिक्षाविद् कैनी

  • ख-
  • ख+

दमौली ः बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएको नेकपा नेता अतिन्द्रकेशरी न्यौपाानेले जानकारी दिए ।


शान्ति वर्ष अंग्रेजी माविका निर्देशक कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् ।

प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थितिमा आयोजित कार्यक्रममा नवनियुक्त कैनीको पदबहाल गरिएको हो ।


लामो समययता वामपन्थी विचारधाराका बौद्धिक रहे पनि उनलाई कुनै पनि सार्वजनिक पद भने प्रदान गरिएको थिएन । कैनीले मानवअधिकारका क्षेत्रमा पनि योगदान दिंदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी