त्रिशूली ३ ‘ए’ मा उद्धारमा खटिएका सांसद न्यौपानेले भने- सुरूङबाट मान्छेको आवाज सुनियो

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: सांसद एंव सुरूङविद श्रीराम न्यौपानेले  त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्रबाट मानिस बोलेको आवाज सुनिएको बताएका छन्।

उद्धारमा खटिएका नेपाली सेनालाई उद्धृत गर्दै उनले सुरूङभित्र मानिसको आवाज आएको जानकारी प्राप्त भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

‘भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धारत सेनाबाट प्राप्त भएको छ,’उनले लेखेका छन्।

सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको उनले उल्लेख गरेका छन्।

‘सुरूङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।’

केहीबेर अघि फेरि उनले सुरूङ भित्रबाट एक भन्दा बढीको आवाज सुनिएको पुष्टि भएको बताएका छन्।

‘उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ,’ उनले लेखेका छन्।

यो सुरूङको उद्धारको नेतृत्व लिएर फिल्डमा काम गरिरहेका उनी हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार कार्यमा सहभागी थिए।

अब फर्किने उनले बताएका छन्।

‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ।

अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु,’ सांसद न्यौपानेले लेखेका छन्। साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्