पुल्चोक टोल विकास संस्थाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५० हजार १ सय ५५ सहयोग

दमौली न्युज
  • ख-
  • ख+

दमौली: भोटेकोशी बाढीपीडितका लागि व्यास नगरपालिका वडा नं ३ पुल्चोक टोल विकास संस्थाद्वारा ५० हजार १ सय ५५ रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको हो।

विपद्को समयमा पीडित नागरिकको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै टोल विकास संस्थाले सहयोग रकम उपलब्ध गराएको जनाएको छ।

संस्थाका अध्यक्ष भानु कुमार श्रेष्ठ तथा संस्था सँग आबद्ध सदस्यहरूको सहभागितामा सहयोग रकम संकलन गरिएको थियो। बाढी तथा पहिरो जस्ता प्राकृतिक विपद्का कारण प्रभावित परिवारको दैनिक जीवनमा कठिनाइ उत्पन्न भइरहेको अवस्थामा राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्