दमौली : भदौ १० गते बिहान रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको सहयोगार्थका लागि पुल्चोक आमा समुहले २५ हजार ५५ सहयोग गरेको छ। आमा समुहले तिजको दर खान छुट्याईएको रकम दर नखाई सहयोग गरिएको हो।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि
व्यास नगरपालिका–३ स्थित पुल्चोक आमा समुहले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरीएको छ ।
प्राकृतिक विपत्तिका कारण देशले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको अवस्थामा बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पुल्चोक आमा समुहकी अध्यक्ष शिव कुमारी गिरीले बताइन्।
विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संघसंस्था तथा सामाजिक समूहहरूले सहयोगको हात अगाडि बढाइरहेका छन्। पुल्चोक आमा समूहको यो सहयोगले विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्ने अभियानमा थप टेवा पुग्ने विश्वास गरिएको छ।





